राजधानीमै सेनाका अमलदारको हत्या

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं-राजधानीमा नेपाली सेनाका एक अमलदारको हत्या भएको छ । आर्मी मेडिकल कलेज सानो भर्याङमा कार्यरत सेनाका अमलदार २४ वर्षीय युवराज घिमिरेको काठमाडौंको बाफलमा हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका डीएसपी दीपक रेग्मीका अनुसार टाउकोमा गम्भीर चोट लागेका घिमिरेको स्युचाटार आउने क्रममा हत्या भएको अनुमान गर्दै घटनाबारे अनुसन्धान थालेको छ ।