राजिब समरको निर्देशनमा जिन्दगी मा गीतको म्युजिक भिडियो सार्बजनिक

By प्रकाश धिताल     

काठमाण्डौ  – पछिल्लो समय नेपाली म्युजिक भिडियोको कोरियोग्राफीमा एकदमै अब्बल देखिएका कोरियोग्राफर राजिब समरको निर्देशनमा राजेश पायल राईको आवाजमा रहेको “जिन्दगी मा” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सागर क्षितिज राईको शब्द अनि खेम बिश्वोकर्माको संगीत रहेको यो गितमा पुस्कर सुनुवारको एरेन्ज रहेको छ । अलिशा राई अनि अनसुमनको दमदार प्रस्तुति रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन संगै बिकाश धमलाको सम्पादन रहेको छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ