र्याम ४ जिबी, १६ मेगापिक्सेलको क्यामेरा भएको एन्ड्रोइड स्मार्टफोन नोकियाले ल्यायो पहिलो पटक

By प्रकाश धिताल     

काठमाण्डौ – नोकिया ब्राण्डमा पहिलो पटक एन्ड्रोइड फोन सार्वजनिक भएको छ । नोकिया ब्राण्डको पछिल्लो संरक्षक एचएमडी ग्लोबलले चीनबाट नोकियाको नयाँ उत्पादन ‘नोकिया सिक्स’ मोडल सार्वजनिक गरेको छ । यसको मूल्य १६०० चिनियाँ युआन (करिव २५ हजार रुपैयाँ) निर्धारण गरिएको छ ।

नोकिया सिक्स एन्ड्रोइडको ७.० भर्सनमा उपलब्ध छ । ५.५ इन्च पूर्ण एचडी स्क्रिन छ भने २.५ डिग्री कर्भ ग्लास र कर्निङ गुरिल्ला ग्लास ३ प्रोटेक्सन सुविधा छ । दुईवटा सिम प्रयोग गर्न सकिन्छ ।

यो मोवाइल फोन ४ जीर्वी याम र अक्टा(कोर क्वाल्कोम स्न्यापड्रागन ४३० प्रोसेसरद्वारा सञ्चालित छ । ६४ जीवी इन्टरनल मेमेरी रहेको यो मोवाइलमा १२८ जीवीसम्मको मेमेरी कार्ड प्रयोग गर्न सकिनेछ ।

नोकिया सिक्समा १६ मेघाफिक्सेल ब्याक र ८ मेघापिक्सेल फ्रन्ट क्यामरा छ । दुवैतर्फै फ्ल्यास लाइटको सुविधा छ ।