छाउपडी प्रथालाई सधै उन्मुलन गरौ भन्छन – टेकेन्द्र शाह

By प्रकाश धिताल     

काठमाण्डौ – अहिलेको यो समयमा आएर पनि छाउपडिको गोठमा मृत्‍यु भएको खबर सुन्दा लाग्छ कुनै काल्पनिक चलचित्रको कथा हो तर यो बास्तविक घटना हो अछाम जिल्लामा हालै मात्र घटेको । सताब्दीयौ देखी जरा गाडेर बसेको कुमानसिकताको उपज हो यो बिशेष गरी सुदुर पश्चिमको केही क्षेत्रमा बिद्ध्यमन छाउपडी प्रथा । यस्तो कुप्रथाको अन्त्य गर्न आ आफ्नो क्षेत्रबाट आजैबाट उठौ र जनचेतनाको भिभिन्न कार्यक्रम्हरु गरौ । यसै बिचमा अछाम जिल्लामा सक्रिय केही युवाहरुले एउटा सन्देश मुलक चलचित्र ‘छाउपडिको कोपिला’ बनाएका छन आशा छ यो चलचित्रले केही हद सम्म भएपनी छाउपडि प्रथा उन्मुलनमा सहयोग पुग्नेछ त्यसैले सबैले एकपटक यो चलचित्र हेरिदिएर सबैलाई हेर्न आग्रह गरिदिनुहुन अनुरोध गर्दछु धन्यवाद ।

टेकेन्द्र शाह
भिडियो तथा चलचित्र निर्देशक/सम्पादक