रञ्जित रे लाई ठूलो घात परे पछि ?

By प्रकाश धिताल     

काठमाण्डौ  – नेपालका लागि भारतीय राजदूत रञ्जित रे लाई अहिले ठूलो घात परेको छ । अविवाहित रञ्जितले भारतीय विदेश मन्त्रालयको सचवि बन्न चाहेका थिए । तर उनले अब त्यो पद नपाउने निश्चित भएको छ ।

रे सन् २०१७ को फेब्रुअरीको अन्तिम साताबाट अवकास हुँदैछन् । हाल सचिव स्तरको हैसियतका राजदूत रञ्जीत नेपालबाटै आफ्नो जागिरे जीवनको बीट मार्दैछन् ।

६० वर्षे उमेर हदका कारण अवकास हुन लागेको बुझिन्छ । उनको कार्यकालमा नेपाल-भारतसम्बन्ध अहिलेसम्मकै सबैभन्दा नराम्रो भयो ।

नेपालको संक्रमणकाल, संधिानसभा निर्वाचन, संविधान निर्माण, नेपालमाथि भारतीय हस्तक्षेप, नेपालमाथि नाकाबन्दी जस्ता अप्ठेरो समयमा समेत कुनै ठूलो राजनीतिक र कूटनीतिक विवादमा नपरेका भारतीय राजदूत रायको अवकासपछि नेपालमा कस्ता व्यक्ति भारतीय राजदूत बनेर नेपालमा आउने हुन् भन्ने जिज्ञासा बढेको छ ।