गजल-सुबेदी प्रदिपको

By प्रकाश धिताल     

                                                        खुकुरीकाे धारमा हिँडेकाे छु
बाँचु कि मरू दाेधारमा हिँडेकाे छु11219112_10204728384990782_3628255546082231249_n

खेल रैछ जिन्दगी ,खेल्नु नै पर्ने
मत त सधै हार-हारमा हिँडेकाे छु

भित्र  जाउँ खुल्दैनन कुनै ढाेका
अल्झि अल्झि काडेँतारमा हिडेकाे छु

जिम्मेवारी याे  कस्तो  ,पाईदैन उम्किन पनि
वारी न पारी मजधारमा हिँडेकाे छु

कहाँ  जाउ गन्तव्य  सबै अपुरा छन
तैपनि  हतार-हतारमा  हिडेकाे छु