खसिकाे तास बनाउने विधि

By प्रकाश धिताल     

आवश्यक सामग्रीः खसीको फिलाको फल मासु एक किलो, सुकेको खुर्सानीको धूलो एक सय ग्राम, बेसार दुई चम्चा, तोरीको तेल चार चम्चा, जिरा पचास ग्राम, धनियाँ पचास ग्राम, लसुन सय ग्राम, अदुवा सय ग्राम, सुकमेल दसवटा, ल्वाङ दबवटा, नुन तपाइको स्वादअनुसार।

 

taas 2बनाउने विधिः सबैभन्दा पहिले माथि उल्लेख गरिएका मसलालाई एउटा खलमा राखेर ससाना टुक्रा हुने गरी कुटनुहोस् । त्यसपछि छाला नभएको मासुलाई ९साना टुक्रामा काटेर कुटेको मसला हाली तेलमा मोलेर एक घन्टाजति त्यसै राख्नुहोस् । त्यसपछि त्यसलाई थोरै तेलमा तावामा रातो नहुन्जेल मन्द आँचमा मज्जाले भुटनुहोस् । त्यसपछि रातो भएपछि निकाल्नुहोस अब तपाईको मिठो परीकार तास रेडि भयो सो तपाई भुजा वा चिउरा, दालमोठ तथा मुलाको अचारसँग सर्भ गर्ने सक्नुहुनेछ्।