राष्ट्रिय एकिकरण तथा एकता दिवसको विशेष समारोह २०७३ मा सहभागी हुन नागरिक समूहको अनुरोध

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको भूमिका महत्वपूर्ण रहेको भन्दै उनको सम्मानमा पुस २७ गते पृथ्वीजयन्तीलाई राष्ट्रिय एकिकरण तथा एकता दिवस विशेष समारोह-२०७३ को रुपमा मनाउने निर्णय नागरिक समूहले गरेको छ ।

पुस २७ गते प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्तीलाई राष्ट्रिय एकिकरण तथा एकता दिवस विशेष समारोह-२०७३ को रुपमा मनाउने निर्णय गरेको नागरिक समूहका सम्योजक निगम हुमागाइले  केकेछ डटकम लाई बताए ।  हुमागाइले भने अहिले राष्ट्र बिखन्डनको भुमरीमा बिक्षीप्त बनिरहेको छ । हाम्रो देशमा अहिले हाम्रा जुन अग्रजहरुले देशको लागि आफ्नो ज्यान बलिदान गरी प्राप्त गरेका हरेक इतिहास तथा प्राप्त गरेका उपलब्धी सम्बन्धी हरेक दिवसहरुको अस्तित्व संकटमा पारीएको छ । देशको राष्ट्रिय दिवस छैन । जस्तो सुकै समय र परिस्थितीमा पनि हामी नेपाली बिचमा हुने एकताले गर्दानै हामी युगौ युग देखी स्वतन्त्र र अटल छौ । त्यस कारणले गर्दा उक्त एक दिन यहाँहरु सबै जना सहभागि बनी कार्यक्रमलाई सफल पारीदिनु हुन म यहाँहरुलाई नागरिक समूह र मेरो ब्यक्तीगत तर्फ बाट बिनम्र अनुरोध गर्दछु ।

उक्त कार्यक्रम  दिनको २ बजे शुरु हुने छ । कार्यक्रमको प्रमुख अतिथी नेकपा एमालेका अध्यक्ष के.पि. ओली, बिशिष्ट अतिथीहरुमा नेपाली काङ्रेशका बरीष्ट नेता रामचन्द्र पौडेल, एकिक्रित नेकपा माओवादीका नेता अंमिक शेरचन लगायत बिभिन्न बिशिष्ट ब्यक्तीहरुको उपस्थिती रहने उक्त कार्यक्रम भव्य र सभ्य बनाउनका लागि कुनै कसुर बाँकी नराखी आफ्नो सक्रिय भूमिकाका लागि सबैमा नागरिक समुह हार्दिक अनुरोध गर्दछौ ।