तालुमाथि आलु फल्दैन भन्दै बिम्लिले थर्काईन चिरञ्जिवीलाई (नयाँ भिडियो)

By प्रकाश धिताल     

मेरी बास्सै,हर्के हवल्दार,ट्वाक्क टुक्क लगायतमा आफ्नो अभिनय र फरक प्रस्तुतीबाट परिचित बिम्ली अर्थात सुशिला निरौला अभिनित नयाँ कमेडी गितको भिडियो सार्वजानिक भएको छ । रंगपत्रकार चिरञ्जिवी सापकोटाको निर्देशनमा तयार मनोरन्जनात्मक लोकदोहोरी गित तालुमा आलुको भिडियोमा बिम्लीसंगै अरविन्द्र भट्टराई र निशा बोहोराको समेत अभिनय देख्न सकिन्छ । बिम्लिको बुढाको भुमिकनमा भने स्वयम निर्देशक चिरञ्जिवी देखीएका छन । पुर्ण मनोरन्जनात्मक यस भिडियोमा हाम्रै गाउँवरपर हुने यर्थात परिवेशलाई चित्रण गरिएको छ ।

गितले भाग्य र गफ भन्दा पनि जिवन धान्न काम गर्नुपर्छ र भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुपर्छ भने सन्देश व्यङ्गयात्मक शैलीमा दिएको छ । भिडियो अवधिभर मज्जाको शब्द र चोटीला सम्वादले पुर्ण मनोरञ्जन पनि दिन्छ । भावना आचार्य र रन्जीत परियारको स्वर रहेको गितलाई लय शब्द समेत भावना आचार्यले नै बनाएकी हुन । बासु बरालको छायाङ्कन रहेको भिडियोलाई रमित वलिले सम्पादन गरेका हुन । तालमा आलुको अडियो तथा भिडियोलाई बिन्दास प्रोडक्सनले सार्वजानि गरेको हो ।

हेरौ भिडियो