मिलन भन्छन् “मेरो मन चोरेर लानिले मनै दिन पर्छ” (भिडियो सहित)

By प्रकाश धिताल     

चल्ला भएर आफै हो माउ खोज्नी

माउको सट्टा झन उल्टै भाउ खोज्नी

के मान्थेर तिरेर तेलको पैचो पानी ले,ए मनै दिन पर्छ मेरो मन चोरेर लानी ले ……नेपाली लोकदोहोरी पारखी हरुका लागि भर्खरै मात्रै निकै मीठो रोमान्टिक गीत तेलको पौचो पानीले सार्बजनिक भएको छ । मिलन बुढाथोकीको प्रस्तुतिमा रहेको यस गितमा गायिका एंवम सर्जक किस्ना आचार्य रोशनीको लय/शब्द सिर्जना रहेको छ भने इन्द्र जिसि र स्वयंम किस्ना आचार्य रोशनीको स्वर सुन्न सकिन्छ ।

कृष्ण फिल्म्स एंण्ड एड्भर्टाइजिङको ब्यानरमा शंकर बिसि निर्देशित “तेलको पैचो पानीले” को म्युजिक भिडियो राजेश घिमिरेले खिचेका हुनभने नवीन घर्ती मगरको सम्पादन रहेको छ । टि टाइम म्युजिक प्रालीले बजार ब्यबस्थापन गरेको यस गीतको म्युजिक भिडियोमा शंकर बिसि र शिला जिसि ले कम्मर मर्काएको देख्न सकिन्छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ