गितकार सुबेदीले गरे “एक्लै जिउने” गितको भिडियो सार्बजनिक

By प्रकाश धिताल     

काठमाण्डौ – धेरै नै राम्रा राम्रा गित संगीतको सिर्जना संगै नेपालि गित संगीतमा पछिल्लो समय गीतकारको रुपमा राम्रो स्थापित भएका गीतकार हुन् प्रभात सुबेदी । यिनै सुबेदीको नया एल्बम प्रभात बजारमा सार्बजनिक भएको छ । सोहि एल्बममा समाबेश गित “एक्लै जिउनेको” म्युजिक भिडियो पनि निर्माण भएको छ ।

प्रभातको आफ्नै शब्द रहेको यो नया गितमा युबराज चौलागाईंको आवाज प्रल्हाद बोगटीको संगीत अनि उदय राज पौडेल संगित संयोजन रहेको छ ।

प्रेम वियोगमा आधारित यो गितको म्युजिक भिडियोमा बिपना र युबराजको अभिनय रहेको छ । निशान घिमिरेको उत्कृस्ट सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने अर्जुन अधिकारीको दमदार निर्देशन रहेको छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला