संविधान संशोधनमा भैरहेको अवरोध हटाउन एमाललेलाई भट्टरार्ईको आग्रह

By प्रकाश धिताल     

काठमाण्डौा – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनमा भैरहेको अवरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा एमाललेलाई आग्रह गर्नुभएको छ । प्रेस सोसाइटी नेपाल उदयपुरले गाईघाटमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेले संविधान संशोधनको बाधक बन्नुको तुक नरहेको टिप्पणी गर्नुभयो ।

संविधान संशोधन अहिले अपरिहार्य रहेकाले एमालेका सांसदहरुले संशोधन गर्नु हुँदैन भन्दै सडकमा नाराबाजी गर्नुको औचित्य नरहेको उहाँले बताउनुभयो ।