राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई वर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं- सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई वर्खास्त गर्ने निर्णय गरेको छ । ज्ञवालीले हिजो मात्रै सरकार समक्ष स्पष्टीकरण बुझाएका थिए। काम सन्तोषजनक नभएको भन्दै आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो।

स्पष्टीकरणमा कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले एक वर्षमा गरेका कामको समीक्षा गर्दै हुन नसकेका काममा लागि सरकार जिम्मेवार रहेको पनि उल्लेख गरेका थिए। सामान्य प्रशासनले कर्मचारी, अर्थले बजेट र मन्त्रिपरिषदले समयमै कार्यविधि पारित नगरेका कारण अपेक्षित काम नभएको ज्ञवालीको तर्क छ । सरकारले आजै अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने तयारी गरेको बताएको छ।

ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो।