सर्वोच्चको निर्णयसँगै संविधान संशोधन प्रस्ताव अघि बढाउनका लागि सरकारलाई बाटो खुल्ला

By कृष्ण प्रसाद पौड्याल     

काठमाडौं-  सर्वोच्च अदालतले संविधान संसोधन विधयेक संसदमा पेश गर्न नदिन भन्दै परेको रिटमा अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेको छ । आज दुबै तर्फको बहस सकिएपछि निर्णय दिँदैै सर्वाेच्चले संसोधन विधयेक पेश गर्नै रोक्नुको औचित्य नभएको उल्लेख गरेको छ । यो निर्णयसँगै संविधान संशोधन प्रस्ताव अघि बढाउनका लागि सरकारलाई बाटो खुलेको छ भने संसदको अवरोध हटाउन विपक्षीलाई दबाव परेको छ ।

तर, सर्वोच्चले आफ्नो आदेशमा लामो व्याख्या गर्दै धारा २७४ को पृष्ठभूमि उल्लेख गर्दै संविधान विपरित संशोधन भए खारेज गर्न सकिने गुञ्जायस कायमै रहेको पनि उल्लेख गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । संसोधन प्रस्ताव संसदमा पेश गर्नै नदिने भन्दै प्रमुख प्रतिपक्षपी एमालेसहितका दलहरुले संसद अवरोध गरिरहेका छन् । सरकारले संविधान संंशोधन विधेयक संसदमा दर्ता गरेपछि त्यसविरुद्ध अधिवक्ता टिकाध्वज खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए । nepaliheadlines.com बाट