नासु तयारी कक्षाको लागि २५ प्रश्नोत्तर -सेट 2

By प्रकाश धिताल     

नेपालले सार्क सदस्य राष्ट्रभित्र कति सेवा व्यापार खुला गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ?
७०

♧ मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो भन्ने भनाई कसको हो ?
गौतम बुद्ध

♧ नेपाल चार्टर एकाउन्टेन्ट संस्था ( आइक्यान ) को आयोजनामा पहिलो आईक्यान सम्मेलना कहिले र कहाँ सम्पन्न भयो ?
वि.सं २०७१ माघ १७१८, काठमाडौं

♧ दार्जिलिङमा नेपाली भाषीहरुको छुट्टै राज्य निर्माणका लागि सञ्चालित गोर्खाल्याण्ड आन्दोलनका नेता सुवासघिसिङको निधन कहिले भयो ?
वि.सं २०७१ माघ १५ गते

♧ दोस्रो काठमाडौं अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१५ कहिले हुने भएको छ ?
वि.सं २०७१ माघ १९२३

♧ नेपालको ( २०७१ माघ ) सम्म कति राष्ट्रसँग हवाई सम्झौता भएको छ ?
३६

♧ एक अर्का भेट्दा सर्वप्रथम तिमीले खाना खायौँ? भनेर सोध्ने प्रचलन कुन एसियाली मुलुकका नागरिकमा रहेको छ ?
चीन

♧ एक सर्वेक्षण अनुसार चिनियाँ अर्थतन्त्र कहिले अमेरिकाको हाराहारीमा पुग्नेछ ?
२०२५ मा

♧ अर्थशास्त्रमा वस्तुको एकमात्र उत्पादन भएको अवस्थालाई मोनोपोली भनिन्छ भने कुनै पनि बस्तु एकमात्र खरिददार भएको अवस्थालाई के भनिन्छ?
मोनोब्सनी

♧ अर्थमन्त्री डा. रामशरण महतले २०७१ असार २९ गते सार्वजनिक गरेको आ.व २०७१\७२ को बजेटमा कति प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य किटान गरेको छ?
प्रतिशत

♧ लैङ्गिक विकास सूचकाङ्कमा नेपाल विश्वको कति औं स्थानमा रहेको छ ?
– ९८ औं

♧ मल्ल कालमा सैनिक अधिकारीलाई के भनिन्थ्यो ?
उभय

♧ जटजटिन नाच कुन जातिमा प्रचलित छ ?
थारू

♧ कुन जातिलाई ‘कारभोटे’ भनिन्छ ?
ल्होमी

♧ वाल्मीकि आश्रम कहाँ रहेको छ ?
नवलपरासी (नारायणी नदीको किनारमा)

♧ कौटिल्यको वास्तविक नाम के हो ?
विष्णु गुप्त

♧ नेपाल र बंगलादेशबिच दोहोरो करमुक्ति सम्झौता कहिेले भयो ?
वि.सं २०७१ माघ १५ गते

♧ मत्स्यपालनको विकास समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ राजधानीमा दोस्रो राष्ट्रिय मत्स्य महोस्सव कहिले सम्पन्न भयो ?
वि.सं २०७१ माघ १६१८

♧ टेनिस जगतमा १७ वटा ग्राण्डस्लाभ जितेर विश्वमा सर्वाधिक ग्रान्डस्लाभ जित्ने पुरुषमा स्विट्जरल्यान्डका रोजर फेडेरर विश्व नम्बर एकको स्थानमा कति हप्ता विताएर र्कीर्तिमान बनाएका हुन् ?
३०२ हप्ता

♧ दक्षिण अफ्रिकाका अलराउन्डर क्रिकेटर तथा विश्वकै उत्कृष्ट क्रिकेटर मानिने ज्याक कालिसले सबैखाले क्रिकेटबाट कहिले सन्यास लिए ?
सन् २०१४ जुलाई ३०

♧ ‘टाकिला’ कुन मुलुकको राष्ट्रिय पेयपदार्थ हो ?
मेक्सिको

♧ World Cup 2015 मा पहिलो सतक बनाउने खेलाडी को ?
आरोन फिन्च (अस्ट्रेलिया)

♧ नदीले कटान गरि ल्याएको माटो वा गिट्टीमा पाइने शुद्ध सुनको टुक्रा वा कणलाई के भनिन्छ ?
प्लासर

♧ निल आर्मस्ट्रङको निधन कहिले भएको हो
– 2012 अगष्ट 25