हेटौंडाको सहीद स्मारकमा पिकनिक खाएर सर्लाहीको परवानीपुर फर्किंदै गरेको ना ३ ख ७६६८ नम्बरको बस गएराति दुर्घटना

By कृष्ण प्रसाद पौड्याल     

बारा- पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको दुधौरा खोलाको पुलबाट बस खस्ता दुई जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् । हेटौंडाको सहीद स्मारकमा पिकनिक खाएर सर्लाहीको परवानीपुर फर्किंदै गरेको ना ३ ख ७६६८ नम्बरको बस गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा सर्लाही परवानीपुर वडानम्बर १ का १५ वर्षीया रबिना बज्यु र वडा नम्बर ५ का २० वर्षीय सन्देश बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

बसमा सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थीहरु थिए । उनीहरु अंग्रेजी नयाँ वर्षको अवसरमा पिकनिक खान हेटौंडा गएका थिए ।