स्वस्तीमा खड्का संग ईन्डीयन आर्मी विन्टरको रोमान्स

By प्रकाश धिताल     

काठमाण्डौ  – लामो समय देखी नेपालि गीत संगीतमा निरन्तर लागि रहेका गायक पुष्पराज बसेलको नयाँ गीत “नाकैमा फुली” सार्वजनिक भएको छ ।

लामो समय देखि नेपाल प्रहरीमा कार्यरत गायक पुष्पराज देश र जनताको सेवा गर्दै पुलिस संगीत स्कुलमा संगीतको अध्ययन पनि गर्दैछन् ।

बिरेन्द्र लिम्बुको शब्द अनि साजन राईको संगीत तथा गायक पुष्पराजको आवाजमा सजिएको “नाकैमा फुली” गीतको यस म्युजिक भिडीयोमा मोडल स्वस्तीमा खड्का र भारतीय सेनामा कार्यरत विन्टर रोका साथमा गायक संयमलाई पनि देख्न सकिन्छ ।

निर्देशक जीवन शाहीको निर्देशन तथा ज्ञानेन्द्र शर्माको छायांकन रहेको यस भिडीयोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका छन् भने भिडियो लाई म्युजिक ग्यालरीले बजारमा ल्याएको हो ।

यो भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ