नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी सीता परियार भोजपुरमा सम्मानित

By कृष्ण प्रसाद पौड्याल     

नेपाल उत्पीडित जातीय मुक्ति समाज भोजपुरले आफ्नो २९औँ स्थापना दिवसका अवसरमा नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी सीता परियारलाई मङ्गलबार  सम्मान गरेको हो । दलित समुदायको एक मात्र महिला स्थानीय विकास अधिकारी भएर दलितका लागि उदाहरणीय पात्र भएकाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समाजले जनाएको छ ।

रुपकोट–२ कास्कीमा जन्मनुभएकी परियार भोजपुर जिल्लाको ३२आँै स्थानीय विकास अधिकारी र नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारीसमेत रहनुभएको छ । उहाँले यसअघि दोलखा जिल्लाको स्थानीय विकास अधिकारीका रुपमा काम गरिसक्नुभएको छ । कार्यक्रममा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानमा दलित समुदायका लागि स्पष्ट व्यवस्था गरिएको बताउनुभयो ।