बझाङ उद्योग बाणिज्य संघको चुनाबमा ढुङ्गा हानाहान, एक प्रहरी र तिन ब्यापारी घाईते

By कृष्ण प्रसाद पौड्याल     

बझाङ उद्योग बाणिज्य संघको नयाँ कार्य समितिका लागि भएको निर्वाचनमा बुधबार ढुङ्गामुढा प्रहार भएको छ । मतदाताको सुचिमा रहेका साधारण सदस्यहरुको विषयमा विबाद चर्कीएपछि दुई पक्षबीच मुठभेड भएको थियो ।
बाहिरबाट ढुङ्गामुढा भएपछि सुरक्षामा खटिएका प्रहरी जवान प्रकाश भण्डारी सहित तिन जना ब्यापारी

घाईते भएका छन् । घाईते प्रहरीको टाउकोमा ३ वटा टाँका लागेको छ भने ब्यापारी कलक खडका, रामबहादुर सिंह, जग्गु कडायत घाईते भएका छन् । घाईते ब्यापारीको हात र टाउकोमा सामान्य तोट लागेको प्रहरीले जनाएको छ । यस्तै मतदान केन्द्रमा रहेका कुर्चि, टेबुल, तोडफोड गरिएको छ । पौष १० गते उद्घाटन भएको बझाङ उद्योग बाणिज्य संघको १२ औं साधारण सभा तथा चौथो जिल्ला अधिबेसनमा सहमति नभए पछि दुई प्यानलबीच चुनाबी प्रतिस्पर्धा भएको छ ।
नेपाली काँगे्रस र नेकपा माओबादी केन्द्र समर्थित ब्यापारीहरुले सहमती गरेर दान बहादुर सुर्मेलीको नेतृत्वमा १५ सदस्य नयाँ कार्य समीती चुनाबी प्रतिस प्रदामा उत्रिएको छन् । यसका साथै नेकपा एमाले समर्थन ब्यापारीहरुले निबर्तमान अध्यक्ष जगत मल्लको नेतृत्वमा टोली प्रतिस्पर्धामा उत्रिएको छ । १ हजार ४९ साधारण सदस्य रहेको बाणिज्य संघको चुनाबमा ३ सय ४० मत खसेपछि मतदाता रुजीको विषयलाई लिएर विबाद भएको प्रहरी निरीक्षक हिक्मत बहादुर भण्डारीले जनाकारी दिए । zestkhabar.com बाट