नेपाली कांग्रेस स्याङ्जाका युवा नेता पूर्णप्रसाद भट्टराईको निधन

By कृष्ण प्रसाद पौड्याल     

नेपाली कांग्रेस स्याङ्जाका युवा नेता पूर्णप्रसाद भट्टराईको मंगलबार साँझ निधन भएको छ । तुलसी भञ्ज्याङ गाउँ समिति तरुण दल सचिव ४० वर्षका भट्टराईको रुखमा च्यापिएर मृत्यु भएको हो ।
घरायसी प्रयोजनका लागि आफैले काटेको रुख ढल्दा सोही रुखले च्यापेर उनको मृत्यु भएको बताइएको छ । दुई दशकअघि नेपाल बिद्यार्थी संघबाट राजनीतिमा क्रियाशिल भट्टराई किसान हुन । उनी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका थिए ।
भट्टराईको पार्थिव शरिरलाई केही समय श्रद्धान्जलीका लागि राखिने र आज हिन्दु परम्परा अनुसार जिमुहा घाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेस जिल्ला सचिव कुमार रानाले जानकारी दिए । स्वर्गीय भट्टराईकी श्रीमती दुई छोरा र एक छोरी छन् ।