बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते

By प्रकाश धिताल     

काठमाण्डौ – पौष १३ , बर्दिया ढोढरीको ओराली बजार नजिकको जंगलमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । धनगढीबाट आफन्तको घर बर्दिया आउँदै गर्दा बेलुवा र ओराली बजारको बिचमा पर्ने गमक्का बनसप्ती जंगलमा मंगलबार बेलुका चितुवाले आक्रमण गरी कञ्चनपुर बेलौरी–१ का ७० वर्षका नरबहादुर शाहीलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

मोटसाइकलमा रहेका २ जना मध्ये मोटसाइकलको पछाडी बसेका शाहीलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइतेको सानोश्रीतारातालको क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ । उहाँको खुट्टामा १० वटा टाँका लगाइएको छ । यसअघि गएको मंसिर २४ गते पनि त्यही ठाउँमा चितुवाले आक्रमण गर्दा ३ जना घाइते भएका थिए ।