कुमार पौडेलले गरे अखिल केन्द्रीय कार्यालयलाई एक थान कम्प्युटर सहयोग

By प्रकाश धिताल     

 

काठमाण्डौ – पौष १२ , भनिन्छ यो संसारमा दानविरहरुको खाँचो छैन र मज्बुत इराधा र जनमुखी काम गर्ने हरुको लागि त झन त्यो स्वोभाविक हो , हो ठिक त्यस्तै भएको छ एमालेको सबैभन्दा सशक्त भातृ संगठन अनेरास्ववियुको लागी ।

केन्द्रीय कार्यालय ब्यवस्थित गर्नको लागि अनेरास्ववियुका पुर्ब केन्द्रिय सदस्य कुमार पौडेलले एक थान कम्प्युटर सहयोग हस्तान्तरण गरेका छन । आज एक कार्यक्रमका बिच उनले अखिल केन्द्रीय कार्यालयलाई सहयोग गरेका हुन ।

संगठनलाई प्रविधिमैत्री बनाउन र संगठनका अभिलेखलाई कम्प्युटराईजेड ढंगबाट राख्नलाई सहयोग होस भनेर आफुले सहयोग गरेको कुमार पौडेलले बताए । पौडेलले अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष रश्मि आचार्या,सुनिता बराल,महेस बर्तौला र अनेरास्ववियु महासचिव ऐन महरको रोहबरमा कम्प्युटर हस्तान्तरण गरेका हुन ।

पौडेलले सोही अवसरमा अनेरास्ववियु केन्द्रीय पुस्तकालयलाई रु दस हजार सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेको अनेरास्ववियुका महासचिव ऐन महरले बताए । अनेरास्ववियु महासचिवको पहलमा साँढे सात लाख बन्दा बढीको सामान कार्यालय ब्यवस्थापनको लागि जुटी सकेको छ भने अनेरास्ववियुका महासचिवले कार्यालय ब्यवस्थापन सम्हालेपछी दाताहरुले कार्यालयलाई विभिन्न ढंगबाट सहयोग गरेको जानकारी समेत प्राप्त भएको छ ।