“मैले भोगेका दुःख र जनताले भोगेका दु:ख उही हुन – अध्यक्ष, नर बहादुर शाही”

By कृष्ण प्रसाद पौड्याल     

केकेछ डटकम -प्रकाश धिताल -काठमाडौं – पौष ११,

राप्रपा नेपालका प्रभाबशाली नेता नर बहादुर शाही अहिले सम्पन्न राप्रपा र राप्रपा नेपाल एकिकरण जुम्ला जिल्लामा पुन:अध्यक्ष पदमा सर्बसम्मत निर्बाचित हुनु भएको छ । उहा कर्णाली अञ्चल तथा जुम्ला जिल्लामा एक इमान्दार, कुशल, तथा दुरदर्शी सोचले भरिएको असल नेताको छबि बनाउन सफल हुनुहुन्छ । १८ बर्ष शिक्षण पेशा गरेर हजारौ विद्यार्थी भाईबहिनी हरूलाई ज्ञान को ज्योति छर्दै पछी आफ्नो ब्यापार ब्यवसाय मा संलग्न रहदै गर्दा जुम्ला अथबा कर्णालीको प्रतिनिधित्त्व गर्ने अगुवाहरूले सोचेकोजस्तो परिणाम दिन नसकेको देख्दा आफुले पक्कैपनि केही परिवर्तन गरेर छोड्ने, जनताको मन जित्ने छु । भन्ने आत्माबिश्वास का साथ राप्रपा नेपाल बाट राजनीतिक जिबन आधिकारिक रुपमा सुरु गर्नुभएको हो। ” आफ्नो जिबनमा पनि मैले धेरै दु:ख संघर्ष गरेको छु र यहाँ का सबै जनताले भोगेको दु:ख पनि मैले भोगे जस्तै नै हो ।” जुन दु:ख र संघर्ष का अनुभब ले कर्णाली क्षेत्रमा भोलिका दिनमा आफ्नो राजनीतिक यात्रालाई अगाडी बढाउदै गैसकेपछी सिंगो कर्णाली ले भोगिरहेका दु:ख पिडाका भारीहरु अलिकती भएपनी बिसाउने प्रयास गरिरहनेछु ।

” मलाई कुनैपनी किसिमको स्वार्थ र डर नभएकै कारणले पनि म आफ्नो लक्ष्य मा पुग्ने विश्वाश लिएको छु । ” यहाँका कर्णाली बासी जनताको लागि यहाँका जतिपनि अगुवा नेताहरू केन्द्रमा पुग्नु त भयो तर उहाहरुले परिबर्तनको नाममा केही गर्न नसकेको जनगुनासो सुनिन्छ र यो मैले पनि भोगेको छु । अरुजस्तो छलकपटको राजनीति आफुले गर्न नजान्ने भएको बताउनु हुन्छ । म इमान्दार, निष्पक्ष तरिकाले काम गर्छु यही बिशेषताले गर्दा नै मलाई सबैले साथ दिनुभएको छ । आम जनताले बुझ्नुपर्ने कुरा के छ भने राजनीतिक आस्था हामी सबैको कही न कही कुनै न कुनै पार्टिसँग अबस्स्य छ नै यो स्वाभाबिक कुरा पनि हो । र कोहिपनी पार्टी गलत हुदैन सबैको चाहना देश को उन्नती, प्रगती गर्ने पक्ष मै हुन्छ । त्यसैले आफ्नो आफ्नो पार्टीमा आस्था राख्नु सही कुरा हो तर सबैभन्दा पहिले नेताको नियत सफा हुनै पर्दछ । खराब नियतका नेताको कारण नत देश बिकास हुन दियो केबल जनता लाई दु:ख मात्रै दियो।

” सिंगो राष्ट्रको बिकास को सपना हामी सबैले देखिम तर निती निर्माण तहमा राम्रो नेतालाई पठाउन नजान्नु नै हाम्रो प्रमुख कमजोरी थियो ” । यसको मुख्य कारण भनेको सबैले आफ्नो पार्टीको आस्था राखे नेताले गलत गर्छ भन्ने थाहा हुँदाहुँदै पनि आँखा चिम्लेर भोट खसाएका जनता हरु अहिले पश्चातापमा परेका छन । अब जनताले पाठ सिकिसकेका छन, जनता बाठो भैसकेका छन  ।  म आशा राख्दछु अब जनताले यो गल्ती गर्नुहुने छैन भन्ने बिस्वास छ मलाई…. ।