सेतीदोभान स्याङ्जामा बाघको आक्रमणबाट लामिछाने घाइते

By कृष्ण प्रसाद पौड्याल     

केकेछ डटकम -काठमाडौं -पौष १०,

स्याङ्जा जिल्लाको उत्तरी क्षेत्रको सेतिदोभान गा.बि.स. र बाँगेफड्के गा.बि.स.को सिमाना अर्ज्यांदी खेतमा शनिबार दिउसो गाई बस्तु चराउन गएका गिरिधारी लामिछानेलाई  चितुवा बाघले आक्रमण गरी घाइते बनाएको छ । चितुवाले लामिछानेलाई लखेटदै घाइते बनाएको हो । भागने क्रममा चितुवाले लामिछानेलाई पछाडिबाट आक्रमण गरेको थियो । आक्रमणमा परेपछी चितुवाको पन्न्जा बाट फुत्किनको लागि लामिछानेले आफुसँग भएको हतियार हसियाले चितुवाको कनच्टमा प्रहार गरी चितुवालाई मारेका थिए । लामिछानेको पिठिउ र हातमा चोट लागेको थियो । अहिले  उपचार पछी उनी घर फर्केका छन ।