किरणले किन भने “एउटा फूल फुल्दै जान्छ, अर्को झर्दै जान्छ”

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – पौष ०८ 
गीतकार किरण वरालको शब्द, संगीत अनी आफ्नै  स्वर रहेको नया गीत एउटा फूल फुल्दै जान्छको म्युजिक भिडियो सार्वजनिक भएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियो बुद्ध थापाको छायांकन र निशान घिमिरेको सम्पादनमा तयार भएको हो बहने गितमा  आशिष अविरलको संगीत संयोजन रहेको छ ।

यौटा फूल फुल्दै जान्छ, अर्को झर्दै जान्छ
आज रोएँ भोलि रुन्न, बानी पर्दै जान्छ।।।

आफुसँग नजिक भएको मानिस छुटेर जाँदाको पीडा जब हुन्छ तब पीडाकै विषयमा अल्झिनु राम्रो होइन भन्ने जीवनको यथार्थलाई प्रस्ट्याउदै आशावादी रहेर जीवन जिउने दृढता भाव भिडियोमा देखाइएको छ ।
वरालको दोस्रो गीति संग्रह सिम्रिकको पहिलो गीतको यो म्युजिक भिडियोमा केकी अधिकारी र अमृत रिमालको अभिनय रहेको छ । भिडियोमा उनीहरुबीच सम्बन्धविच्छेदको कथावस्तुमा भिडियो तयार पारिएको छ । गीतलेखन लाई आफ्नो मुख्य कर्म मानने तर व्यावसायिक रुपमा गायनमा आफु नलाग्ने वरालले बताएका छन भने उनको यो स्वर दिएको उनके यो पहिलो गीत हो ।।
पिपुल टु पिपुल मिडियाले उत्पादन गरेको भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सिम्रिक एल्बमको बजार व्यवस्थापन रास क्रियसनले गरेको छ ।

भिडियो हेर्न यहाँ ताल लिंकमा क्लिक गरौ