स्न्यापच्याट जस्तै लुक्स भएको मेसेन्जर सार्बजनिक

By प्रकाश धिताल     

केकेछ डटकम -काठमाडौं -पौष ६

facebook-messenger-largeफेसबुक मेसेन्जरले स्न्यापच्याट जस्तो देखिने नयाँ लुक्स (रूप) सहितको अपडेट सार्वजनिक गरेकाे छ । यस अपडेटअन्तर्गत मेसेन्जरमा पनि अब अगाडिपट्टि नै क्यामेराको बटन देखा पर्ने छ, जसबाट सहजै फोटो वा भिडियो सेयर गर्न सकिन्छ । अगाडिपट्टि क्यामेरा बटन भएको यस्तै रूप स्न्यापच्याटको रहँदै आएको थियो ।

स्न्यापच्याटको क्यामेरा फिचर जस्तै फिचर मेसेन्जरमा ल्याएसँगै अब फोटो सेयर गर्न अझ सहज भएको फेसबुकले बताएको छ । स्न्यापच्याट एक चर्चित इमेज(फोटो) मेसेजिङ प्ल्याटफर्म हो । यस नयाँ अपडेटले मेसेन्जर एपलाई विल्कुलै नयाँ रूप प्रदान गरेको छ ।

फेसबुकको इन्स्ट्यान्ट गेम फिचर भने यो अपडेटमा समाबेश गरिएको छैन । इन्स्टेन्ट गेम फिचर रोल आउटका क्रममा रहेको र छिट्टै नै नेपालमा पनि उपलब्ध हुनसक्ने यस क्षेत्रका जानकारहरूको जनाएका छन ।