गुराश झै फुलेर लिएर आए लोक गायक भगवान भण्डारी

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-पौष ५,

लोक गायक भगवान भण्डारी ले धेरै समय पछि आफ्नो नया पस्तुति लिएर आएका छन ।  एक समय मा लोक गीत को क्षेत्र मा राज गरेका भण्डारी अहिले अमेरिका बस्दै आएका छन । अमेरिका को बसाई भएता पनि उनले आफ्ना दर्शक श्रोता का लागि लोक दोहोरी गीत गुराँश झै फुलेर लिएर आएका छन। शब्द संकलन र गीत को लय समेत भण्डारी को रहेको छ भने उनलाई दोहोरी मा साथ दिएकी छन कल्पना पोखरेल ले । भिडियो मा नायक गणेश उप्रेती ,शांति भण्डारी र गायक भण्डारी को समेत अभिनय रहेको छ। भिडियो लाई बद्री लामिछाने ले संपादन गरेका छन भने कैमरा र भिडियो निर्देशन माया आर्ट्स अमेरिका रहेको छ । यो गीत लाई बिन्ध्यबासिनी म्युजिक प्रालिले बजार मा लिएर आएको हो ।

भिडिओ हेर्नुहोस्