रूसी राजदूत आंद्रे कार्लोसको गोली हानी हत्या

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-पौष ५,

tarkeyटर्कीका एक प्रहरी अधिकारीले टर्कीकालागि रूसी राजदूत आंद्रे कार्लोसलाई गोली हानी हत्या गरेका छन् । राजधानी अंकारास्थित एक आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा भाषण दिन उठेका कार्लोसलाई २२ वर्षीय मेवलुत मेर्त एडिन्टासले गोली हानेको बताइएको छ । मेवल्त मेर्त एडिन्टास अंकाराको दंगा नियन्त्रण प्रहरीका अधिकारी हुन् । टर्कीका अधिकारीले यसको पुष्टि गरेका छन् । टर्कीका सञ्चार माध्यहरूले आक्रमणकारी एडिन्टासलाई पनि मारिएको बताएका छन् । रूसले सिरियाली राष्ट्रपति बशर अल असदको समर्थन गरेको भन्दै टर्कीमा केही समय पहिले प्रदर्शन भएका थिए ।

टर्कीका राष्ट्रपति रेचैप तैयप अर्दोआनले आक्रमण टर्की र रूसवीचको सम्वन्धमा दरार ल्याउने उदेश्यले गरिएको बताएका छन् । राष्ट्रपति अर्दोआनले रूसका राष्ट्रपति व्लादिमिर पुटिनसंग फोनमा सम्पर्क गरेका छन् । अर्दोआनले फोनमा पुटिनलाई रूस र टर्कीवीचको सम्वन्धमा दरार ल्याउने उदेश्यले आक्रमण गरिएको भए पनि त्यो उदेश्य कहिल्यै पुरा नहुने बताएका छन् ।रूसी राष्ट्रपति पुटिनले भने यो अक्रमण सामान्य हुँदै गएको टर्की र रूसको सम्वन्धमा फेरि फाटो ल्याउने र सिरियाको शान्ति प्रकृयामा अवरोध गर्न गरिएको बताएका छन् ।
यसअघि गाली लागेर आंद्रे कार्लोफ घाइते भएका थिए र उनलाई अस्पतालमा भर्ना गरिएको थियो । रूसी टिभीका अनुसार टर्कीको राजधानी अंकारामा भएको एक आर्ट प्रदर्शनीमा सहभागि हुन आएका आंद्रे कार्लोफलाई ग्यालरीमै गोली हानिएको बताएको छ ।समाचारमा जनाइएअनुसार आंद्रले भाषण गरिरहेका बेला एक बन्दुकधारीले सिरियाका विषयमा नारा लगाउँदै गोली चलाउन सुरु गरेको थियो । बन्दुकधारीको नारा लगाउदै थियो ‘ अलोप्पोलाई नविर्स, सिरियालाई नविर्स’ सो बन्दुकधारीले ‘अल्लाहू —अकबर’ भन्दै चिच्याएको पनि थियो ।

बन्दुकधारीले ग्यालरीमा प्रवेश गर्नका लागि आफ्नो प्रहरी परिचय पत्रको प्रयोग गरेको थियो । यो आक्रमणका कयौं घाइते पनि भएको बताइएको छ । रूसले सिरिया भएको युद्धमा राष्ट्रपति बशर अल असदको पक्ष लिएकाले टर्की र रूसवीच तनाव रहँदै आएको छ । सिरियाली सरकारलाई समर्थन गरेको भन्दै रूसविश्रद्ध प्रदर्शन पनि हुँदै आएका थिए । तर, अलोप्पोमा युद्ध विराममा भने टर्की र रूस मिलेर काम गरिरहेका छन् । एजेन्सीको सहयोगमा