तेस्रो लिंगीको साथ लिएर अभिनयमा अब्बल देखिदै गङ्गाधर पराजुली

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश घिमिरे – काठमाण्डौ – पौष ०४ 

3 चौध बर्ष देखि नेपाली गीत संगीतमा आबद्द हुदै आएका र बिशेष गरी आधुनिक गीतमा आफ्नो राम्रो पहिचान बनाउँदै आएका गायक गङ्गाधर पराजुलीको “निंद्रा बाट बिउँझिदा” गीतको म्यूजिक भिडियो सार्बजनिक सार्बजनिक भएको छ ।

शुभारंभ बजारमा ल्याए लगत्तै आफ्नो दोस्रो एल्बम बाहना मार्फ़त चर्चा कमाईरहेका गायक गङ्गाधर आफैले यो गीतको म्यूजिक भिडियोमा अभिनय गरेका छन । भिडियोमा कृती अनि दिवसले उनलाई साथ दिएका छन ।

यसै गारी यो गितमा बिकल्प पराजुलीको शब्द रहेको यो गितमा गायक गङ्गाधर पराजुलीको आवाज संग सँगै आफ्नै संगीत रहेको छ भने नरेंद्र बियोगिको एरेन्ज रहेको छ । बिन्दबासिनी म्यूजिक मार्फ़त बजारमा आएको भिडियोलाई राजेश घिमिरेको छायांकन बिष्णु शर्माको सम्पादन सँगै कपिल लामाको निर्देशन रहेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गरौ