शिव कार्कीको दुई गीति संग्रह सार्बजनिक…

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – पौष ०३

15592330_676727185835009_952995882_n

सोलुखुम्बु जिल्ला को मुक्लीमा जन्मिएका गायक शिव कार्कीले एकै चोटि दुई वटा एल्बम सार्बजानिक गरेका छ्न् । उनले दोहोरी र आधुनिक गितको एल्बम “बदमाश” र दोहोरीको कलेक्सन एल्बम सार्बजानिक गरेका हुन् । आधुनिक गीति एल्बममा तिन वटा गित समाबेश छ्न भने दोहोरीमा पाँच वटा गित समाबेश छ्न् । आधुनिक गीतमा शिव कार्की , ज्योती मगर , निसा कार्की र प्रमिला थापाको सुमधुर स्वर सुन्न सकिन्छ । सार्बजनिक भएका लोक दोहोरी गीतहरुमा शिखर गाजरकोटे , पुष्कर सुनुवार र शिव कार्की कै लय शब्द मा तयार भएका छन् ।

त्यसैगरी आधुनिकमा पुष्कर सुनुवार र शिब कार्की कै सङित रहेको छ भने शब्द मोहन मगर , पार्बती पाण्डे र शिबको पनि रहेको छ । आधुनिक तर्फ बदमाश छ नजर , बनायौ अधेरी ,जेठि राम्री बुलाकीले , बोलको आधुनिक गीतमा गायक शिब कार्कीको स्वर छ भने लोक दोहोरी तर्फ जुनि जुनि साथ दिन्छु , बोलको गीतमा शिव कार्की / प्रमिला मगर स्वर र लय शब्द ओम बहादुर मगर , आलु र चना बोलको गीतमा स्वर शिव कार्की / प्रमिला मगर लय शब्द ओम बहादुर मगर , पुर्बेली पोख्रेली बोलको गीतमा स्वर शिव कार्की ज्योती मगर लय शब्द शिखर गाजरकोटे , क्या फिगर तिम्रो बोलको गीतमा शिव कार्की /ज्योती मगर स्वर शब्द शंकर अधिकारी ( घायल ) लय पुष्कर सुनुवार , उसैले गर्यो घात बोलको गीतमा शिब कार्की निसा कार्की स्वर लय शब्द शिव कार्की रहेको छ । प्रस्तुत सबै गीतलाई संध्या म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।