संजिब कुमार पौडेल आफ्नो पछिल्लो एकल एल्बम ‘ अप्तृत ’ साथ बजारमा

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-पौष ३,

15644788_1187904631278436_841834859_n

नेपालमा गित संगितको बजार दिन प्रति दिन खस्कीदै गईरहेको छ । नेपाली संगित बजार खस्कदै गए पनि प्रतिवान गायक , गायीकाको आगमन भने उत्साहजन रहेछ । पछिल्लो क्रममा गायककार , संगितकार तथा रचनाकार संजिब कुमार पौडेल आफ्नो पछिल्लो एकल एल्बम ‘ अप्तृत ’ साथ बजारमा आएका छन् । एल्बम ‘ अप्तृत ’ मा नेपालकी पहिलो महिला संगितकार रेखा पौडेलको संगित सुन्न पाइने छ , भने तुलसी बस्नेत , यादव खरेल , रेखा पौडेल र स्वयम संजिब कुमार पौडेलको यसमा शब्द रहेको छ । यो भन्दा पहिले पनि अठोट (२०७०) र बिलौना (२०६९) जस्ता चर्चित एककल एल्बम दर्शक श्रोता माझ ल्याएका संजिबले थुप्रै संग्रहित एल्बममा आफ्नो स्वर दिइ सकेका छन् । बिगत ५ बर्ष देखि चण्डिका प्रसाद काफ्लेसँग शास्त्रीय संगित सिक्दै आएका संजिबले भविष्यमा पनि संगितमानै लागि रहने योजना रहेको बताए ।