प्राश्नाको “तिमि र म” छिट्टै बजारमा

By प्रकाश धिताल     

नेपालि सांगीतिक फाँटमा नेपालि गित संगीतका लागि आफ्नो पहिचान बनाउना लाई धेरै यस्ता त्यस्ता संगीतमा छबि भएका व्यक्तिहरुको जमात लाग्ने गर्दछ । यसै क्रममा यहि जमातको भिडमा आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाउने क्रममा झापाको पृथिबीनगरमा जन्मेकी र सानै देखि गित संगीत भन्ने बित्तिकै हुरुक्कै र स्कुलमा पनि संगीतलाई नछोडेर पछ्याई रहेर +२ पढ्दा सम्म पनि पढाई संगसंगै संगीतलाई पछ्याउदै आएकी पछिल्लो पुस्ताकी नवगायिका हुन् प्राश्ना पाण्डे ।

+२ पछि काठमाण्डौ आएर बिगत ३ बर्ष देखि अनुराग म्युजिक बिध्यालय बाट गुरु राम सिटौला संगै आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाउन प्रयास गरिरहेकी छिन । यसै क्रममा आफ्नो नयाँ एल्बम “तिमि र म” बजारमा ल्याउने तयारिमा छिन । त्यसैले उनै गायिका प्राश्ना संग kkchha.com मा प्रकाशले गरेको यो कुराकानी ।

स्वागत छ यहालाई kkchha.12596514_422873841242844_545915828_ncom मा ?

–           धन्यबाद

के ब्यस्त हुनुहुन्छ आजभोली ?

–           मेरो नयाँ एल्बम “तिमि र म” को तयारीमा छु ।

कस्तो एल्बम हो यो “म र तिमि” रु

–           सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनिको मन मस्तिस्कामा छाउने ।

कस्तो अपेक्षा गर्नु भएको छ यो एल्बम बाट रु

–        धेरै राम्रो अपेक्षा गरेकी छु ।

कस्ता प्रकारका गितहरु लाई समाबेस गर्नु भएको छ ?

–           ५ वटा गित छन् फरक किसिमका अनि डान्सिंग नम्बर देखि मेलोडी र गजल पनि समाबेस गरेकी छु ।

एल्बमको नाम “तिमि र म” राख्नु भएको छ, कसरी जुराउनु भयो ?

–           आफुलाई मन परेकोले हुनाले पनि अनि यसको अर्थ म र मेरो श्रोता भन्ने बुझिन्छ त्यसैले

यो एल्बममा फरक स्वादका गितहरु समाबेश गरेकी छु , भन्नुभयो अनि यसमा शब्द , संगित र एरेञ्ज कसको कसको रहेको छ ?

–           अ………..यो एल्बममा शब्द शितल कादम्बीनी , नरेश भट्टराई , राम सिटौला र म आफ्नै रहेको छ । अनि राम सिटौलाको एकल संगित छ भने गोपाल रसाइलि , फणिन्द्र राई , राजन ईशान , बिष्णु अधिकारीको एरेन्ज रहेको छ ।

यिनै संग काम गर्नुको कारण ?

–           काम गर्न सजिलो हुने भएकोले नै हो ।

उसो भए सांगितिक क्षेत्र नै किन रोज्नु भयो त ?

–           यसलाई आपनो कर्मथलोकोे रुपमा लैजान संगितमा जुन आनन्द आउछ त्यो अरुमा आउदैन र यहि क्षेत्रमा केहि गर्छु भन्ने सपना बोकेर

आपनो एल्बम बजारमा ल्याउनु अघावै जुन गित “गाजलु आँखा मेरा देखेर भुतुक्कै” सञ्चार माध्यममा छोडि सक्नु भएको छ कारण ?

–           यो मेरो एल्बमको प्रमोशनल गित भएकोले ।

तपाइले आपनो प्रेरणाको स्रोतको रुपमा धरातल भनेर कस्लाई लिन चाहानुहुन्छ ।

–           बाबा आमा साथि भाई अनि मेरो गुरु राम सिटौला

सांगितमा लागेर बाच्न धेरै गाह्रो छ रे , अनि जिविकोपार्जन गर्न कतिको सजिलो छत ?

–           अहिलेको परिस्थितिमा गाह्रो नै छ , खासै अरु नबोलौ ।

उसो भए संगित क्षेत्रमा आउन चाहाने नयाँलाई के सुझाब दिनुहुन्छ ?

–           संगितलाई बुझेर , सिकेर , मेहनत गरेर आउनुभयो भने आफुले बोकेको सपना पुरा हुन्छ

अन्तयमा आफनो एल्बमको बारेमा के भन्न चाहानुहुन्छ ?

–           यो एल्वबमा एकदम मेहनत गरेकी छु । सबै प्रकारका गितहरुलाई समेट्ने प्रयास गरेकी छु सुनेर सल्लाह सुझाव दिनुहोला ।

आगामि दिनहरुमा अझै उन्नति प्रगति गर्दै जानुस हाम्रो तर्फ बाट शुभकामना छ ?

–           धन्यबाद kkchha.com अनि हजुर लाई , म र मेरो एल्बमको बारेमा केहि कुरा राख्न दिनुभएकोमा ।