गायिका पछी नायिका पनि राप्रपामा

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर २७,

rekha-thapa-birthday-6केहि दिन अगाडि गायिका कोमल वली राप्रपा पार्टीमा प्रवेश गरेकी थिइन् । उनले आफूलाई नयाँ शक्ति नेपालबाट पनि पार्टीमा आउनका लागि आग्रह गरिएको भएपनि राप्रपा नै मन परेको बताएकी थिइन् । कोमल वली राप्रपामा प्रवेश गरेपछि नायिका रेखा थापा पनि पार्टीमा प्रवेश गर्न लागेको चर्चा थियो ।

अन्तत चर्चा सँगै सोमबार बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा आयोजित कार्यक्रममा रेखा थापाले धेरै जनताले मन पराएको राप्रपाको एजेण्डलाई आफूले पनि नजिक रहेका कारण राप्रपामा प्रवेश गरेको बताइन् ।

आफू माओवादी केन्द्रको सदस्य नरहेको दावी गर्दै रेखाले आफूलाई माओवादी भनेर गलत प्रचार गरिएको आरोप लगाइन् । अव राप्रपा प्रवेश गरेको बताउँदै रेखाले आफू आज देखि मात्र औपचारिकरुपमा कुनै पार्टीमा आवद्ध भएको दावी समेत गरिन् ।