मुरारी भट्टराईले अमेरिका बाट निम्तो लिएर आए

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ मंसिर २४

15423669_1313527142024796_1933645739_nलामो समयदेखि अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएका मुरारी भट्टराईले निम्तो लिएर आएका छन्। संगीतकार बिकाश चौधरीको एकल संगीतमा ‘अनामिका’ नामक पहिलो एल्बम निकाली सकेकाछन सो एल्बमकै एउटा गीतमा नायक दिलिप रायमाझीलाई लिएर अमेरिकामै छायांकन गरेका मुरारीले ‘निम्तो’ नामक दोश्रो एल्बम पनि एक कार्यक्रमगरी बिमोचन गरेका छन।

५ ओटा गीत रहेको ‘निम्तो’मा उन्नति शिला बोहरा , प्रमोद ढुंगेल , प्रदिप पौडेल , दिलिप पौडेल र मुरारी भट्टराईकै शब्द रहेकाछन भने शम्भुजित बास्कोटा , शक्ति बल्लव , बिकाश चौधरी र मुरारी भट्टराईकै संगीत पनि रहेको सो एल्बममा आधुनिक, डान्सिंग र लोक सबै किसिमको गीत रहेको छ।