गीतकार राम रुवालीको” तिमी फुल बगैचाको” गीतको म्युजिक भिडियो सार्बजनिक

By प्रकाश धिताल     

केकेछ डाटकाम – प्रकाश धिताल – काठमाण्डौ मंसिर २४ 

15403023_1313507188693458_84138327_nअष्ट्रेलियाको ब्यस्त जिबनयापनमा पनि आफुलाई सामुदायिक गतिबिधीमा अग्रसर गर्दै आइरहेका समाजसेबी एबम गीतकार राम रुवालीको शब्द ” तिमी फुल बगैचाको म रस खोजी हिंड्ने भमरा” बोलको बिल्कुलै नौलो र नयाँ म्युजिक भिडियोलाई M.J Entertainment ले यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरेको छ ।

यस गीतलाई नेपाली सांगीतिक क्षेत्रमा निकै लामो समय काम गरी सकेका र अष्ट्रेलियाबाट सबै भन्दा बढी संगीत भरेका गायक तथा संगीतकार किरण भण्डारीले संगीत भरेका छन साथै संगीत सम्योजन पनि उनै भण्डारीको रहेको छ । सानै देखी गायनमा रुची राख्ने र सबै बिधाको गीत संगीत गाउन खप्पिस युवा गायक बिकास उप्रेतीको सुमधुर स्वर रहेको छ ।

म्युजिक जोए मिडिया र डाइनामिक मिडियाको संयुक्त ब्यानरमा रहेको उक्त म्युजिक भिडियोमा मनोज बिष्टको निर्देशन रहेको छ भने पुष्प र नम्रताको बेजोड अभिनय रहेको छ ।ज्ञानेद्र शर्माको छायांंकन्र रहेको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गरौ