मौलिक नेपाली डकुड्रामा “उल्टो जुत्ता ” रिलिज

By प्रकाश धिताल     

15368802_1282865305109131_1800354403_o

उल्टो जुत्ता जसले कुसाईत जनाउछ भन्ने मान्यता जनमानसमा प्रचलित छ । के उल्टो जुत्ता आफैमा कुसाईत हो त ? यहिँ सबालको जबाफ खोज्ने प्रयास गर्दै रमाईलो प्रडक्सनले एक मौलिक डकुड्रामा निर्माण गरेको छ ।

चन्द्रमणी मुडभरी र बाबु राजा शाक्यको अभिनय रहेको उक्त डकुड्रामालाई सन्तोष लिम्बुले छायांकन गरेका हुन ,डकुड्रामालाई लिम्बुले नै सम्पादन गरेका हुन ।

भोला दीप यात्रीको निर्देशनमा तयार भएको डकुड्रामा “उल्टो जुत्ता “ले जुत्ता आफैमा न त साईत या कुसाईत हो , मान्छेको सोचाई जस्तो हुन्छ ,परिणाम त्यस्तै भन्ने भाबलाई उठान गरएको छ । मनिसमा सकारात्मक सोचाईको बिकास गराई हरेक कुरामा सकारात्मक बन्न चलचित्रले प्रेरित गर्ने डकुड्रामाको कथा समेत लेखेका निर्देशक यात्रीले बाताए ।

हेरौ यो उल्टो जुत्ताको यो भिडियो