स्वरुपकी रुपकी रानी सार्वजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – मंसिर २३ 

swarup_raj_aacharya-768x602सुमधुर स्वरका धनि गायक स्वरुप राज आचार्यको रुपकी रानी सार्वजनिक भएको छ । मनमोहिनी एल्बममा समाविष्ट उक्त गीतमा गायक स्वयं आचार्यकै संगीत रहेको छ भने उत्तम भौकाजीको सगीत रहेको गीतमा गोपाल रसाईलीको एरेन्जमेन्ट रहेको छ ।

नवराज आचार्य निर्देशित यस गीतको भिडियोमा दिव्या र प्रज्वलको अभिनय कोशलतालाई देख्न सकिन्छ । अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको यस भिडियोमा शम्भु मोक्तानको छायांकन र सुवास अर्यालको सम्पादन रहेको छ ।