अब पैतृक सम्पत्ति तीन पुस्ताले मात्रै पाउने

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर २२,

मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पैतृक सम्पत्तिमा सात पुस्तासम्मले हकदाबी गर्न पाउने व्यवस्था परिवर्तन गर्दै तीन पुस्तामा झार्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावित विधेयकअनुसार हजुरबुबाको सम्पत्तिमा नाति पुस्तासम्मले मात्र हकदाबी गर्न पाउनेछ । नागरिक दैनिकले समाचार छापेको छ ।

त्यसपछिका पुस्ताले हकदाबी गर्न पाउने छैनन् । साबिक कानुनमा सात पुस्तासम्मले पैतृक सम्पत्तिमा हकदाबी गर्न पाउने व्वस्था छ ।