हवाइ इन्धनको मूल्य घट्यो

By प्रकाश धिताल     

केकेछ्डटकम-काठमाडौं-मङ्सिर २१,

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुने गरि हवाइ इन्धनको मूल्य घटाएको छ । निगमका प्रवक्ता भानु खनालका अनुसार  राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । निगमले हवाई इन्धनको मूल्य समायोजन गरी आन्तरिक उडानका लागि प्रतिलिटर रु ९४ बाट रु ८६ बनाइएको छ ।

यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिहजार लिटर ८३१ अमेरिकन डलरबाट घटाएर ७५० अमेरिकी डलर बनाएको प्रवक्ता खनालले बताउनुभयो । पेट्रोल, डिजल र मटितेलकोसमेत मूल्य घटाउने भनिए पनि निगमले त्यसमा भने कुनै निर्णय गरेन ।