रङ्गक्षेत्रमा उदाउँदै अश्विनी

By प्रकाश धिताल     

केकेछ डटकम -काठमांडौ – मङ्सिर

999हरेक मानिसको आ–आफ्नै सोच र योजना हुने गर्दछ । हामी सबैले साना बालबालिकालाई भेट्ने बित्तिकै नानी/बाबु पछी गएर के बन्ने भनेर सोध्ने गछौ । कसैले डाक्टर , पाईलट , ईन्जिनियर ,कलाकार , सेना या यस्तै कुनै लक्ष्य बोकेका हुन्छन् ।हुने विरुवाको चिल्लो पात भने जस्तै बालवालिकाको रुचि र लगाव समेत त्यस्मा हुने गर्दछ ।

त्यसै मध्येकी एक आश्विनी कोईराला समेत हुन् । काठमाडौँ बस्ने १२ वर्षीय कोईरालाले भने डाक्टर बन्ने लक्ष्य भएपनी मोडलिङ र कलाकारिता पनि संगै लैजाने बताउँछिन् । यसैवर्ष लिटल मिस आईकनमा बेष्ट फिटनेस उपाधि समेत हात पारेकी कोईरालाले लगत्तै पञ्चायत चलचित्रमा समेत निता ढुङगाना, सरोज खनाल लगायतको टिमसँग काम गर्ने अवसर समेत पाएकी छिन् । अभिनेत्री निता कोईरालाको छोरी आश्विनीलाई यो क्षेत्रमा आउन थप सहयोग र हौसला समेत मिलेको छ ।