‘हामी नजुटे को जुट्ने, अहिले नजुटे कहिले जुट्ने’ भन्दै स्याङ्जाली कलाकार संगठित

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर २०,

15241143_1338649436179661_5971479810809642785_nदेशका विभिन्न स्थललाइ कर्मथलो बनाएका स्याङ्जामा जन्मिएका कलाकारहरुको भेलाले शनिबार पोखरामा स्याङ्जाली कलाकार सदन गठन गरेका छन । ‘हामी नजुटे को जुट्ने, अहिले नजुटे कहिले जुट्ने’ नाराका साथ सर्ब सम्मत रुपमा रमेश बिजीको अध्यक्षतामा स्याङ्जाली कलाकार सदन गठन भएको हो । जसको प्रथम उपाध्यक्षमा रामजी खाँड, द्वितीय उपाध्यक्षमा पशुपति शर्मा, महासचिवमा शिव हमाल, सचिवमा घनश्याम रिजाल, कोषाध्यक्षमा शंकर विरही गुरुङ, सह–कोषाध्यक्षमा भीमु गुरुङ चयन भएका हुन् । सदनको सदस्यहरुमा कृष्ण आँसु, गोपाल जिटी, सुजन लम्साल, राममाया गुरुङ, प्रसाद लामिछाने, विमल अधिकारी, निर आले, उमादेवि खनाल, ओम गुरुङ र सुनिता नेपाली चयन भएका हुन् ।

कार्यक्रममा रमेश विजी, रामजी खाँड, पशुपति शर्मा, खुमन अधिकारी ,शंकरविरही गुरुङ लगायतका स्रस्ठा हरुले बोल्दै स्याङ्जाको मौलिक कला र लोक संस्कृतिको बारेमा समग्र देशकै कलाकारितालाई उजागर गर्ने हिसाबले अगाडि बढ्न भेलाले सहयोग मिल्ने बताए । सर्जक तथा गायक शिव हमालको संयोजकत्वमा भेला सम्पन्न भएको हो | कार्यक्रम सह संयोजक घनश्याम रिजालले सञ्चालन गर्नु भएको थियो |

भेलामा १ सय भन्दा बढी स्याङ्जाली कलाकारको सहभागीता रहेको थियो । स्याङ्जाली कलाकारहरु संगठित भएर आफ्नो जन्मथलो स्याङ्जाको कला संस्कृतिको जगेर्नाका साथै विकास निर्माणका लागि अगाडी बढुन र अरु जिल्लाका कलाकार साथीहरुलाई पनि फुटेर भन्दा जुटेर अगाडी लाग्न प्रेरणा मिलोस |