दुुई देशका प्रधानमन्त्रीले अचानक एकैपटक राजीनामा दिएपछि

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर २०,

italyदुुई देशका प्रधानमन्त्रीले एकैपटक अचानक राजीनामा दिएका छन् । इटाली र न्यूजिल्याण्डका प्रधानमन्त्रीले पदबाट राजीनामा दिएका हुन् । इटालीमा जनमत संग्रहबाट संवैधानिक सुधारको प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री माटियो रेन्जीले राजिनामा दिएका छन् ।

पत्रकार सम्मेलन मार्फत रेन्जीले जनमत संग्रहको परिणामको जिम्मेवारी लिंदै राजिनामा दिएका हुन् । सांढे दुई वर्ष पदमा रहेका रेन्जीको संवैधानिक सुधारअन्तर्गत माथिल्लो सदनको अधिकार कटौति गर्दै सांसद संख्या ३ सय १५ बाट घटाएर सय पु¥याइने थियो ।

यसैगरि न्यूजिल्याण्डका प्रधानमन्त्री जोन किले पनि आश्चर्यजनक रुपमा राजिनामा घोषणा गरेका छन् । आठ वर्ष पदमा रहेका किले पारिवारिक कारण राजिनामा दिएको बताइएको छ ।

साप्ताहिक सम्बोधनका क्रममा प्रधानमन्त्री किले कुनै पनि कामका लागि आफ्ना सबैभन्दा नजिकहरुबाट ठूलो त्यागको आवश्यकता पर्ने भन्दै पद छाड्ने निर्णय सुनाए ।  उनले सन् २०१४ को सेप्टेम्बरमा सम्पन्न नेशनल पार्टीको चुनावमा तेस्रो कार्यकालका लागि पनि विजय हासिल गरेका थिए । एजेन्सीको सहयोगमा