लम्की महोत्सब २०७३ को आज एक कार्यक्रमका विच सम्पन्नं/करीब ३ करोड बराबरको आर्थिक कारोबार भएको आयोजकको दावि

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ –  पदम ओझा – बौनिया मङ्सिर १९

15319617_1068689789910361_415049679_nयहि मंशिर १० गते देखि १९ गते सम्म सञ्चालन भएको लम्की महोत्सव २०७३ मा करीब ३ करोड बराबरको आर्थिक कारोबार भएको छ । भने महोत्सको करीब १ लाख दर्शकले अवलोकन गरेको लम्कीचुहा उद्योग बाणिज्य संघका महासचिव लवबहादुर शाहीले बताउनु भएको छ । महोत्सवको अवधिभर करीब १९ लाख टीकट बिक्रि भएको महोत्सवमा टीकट ब्यावस्थापनको जिम्मा पाउनु भएका लम्कीचुहा उद्योग बाणिज्य संघका उपाध्यक्ष दिल्ली प्रसाद गड्तोला, सदस्य टंकप्रसाद जोशी र सदस्य महोन बुढाथोकीले जानकारी दिनु भएको छ ।

आज भएको समापन कार्यक्रममा कृर्षि प्रर्दशनी, विद्यालय स्तरीय नृत्य प्रतियोगितामा प्रथम, दिृतिय, तृतिय र शान्तवना स्थान हासिल गर्ने लाई प्रमाण पत्रका साथै नगद सहित सम्मान गरीएको थियो । यस्तै कार्यक्रममा कैलालीका प्रथम उद्योगपति देवि बहादुर राई लाई सम्मान गरीएको थियो भने महोत्सवमा सहयोग गर्ने सञ्चारकर्मि, संघ संस्था हरुलाई कदरपत्र सहित सम्मान गरीएको छ । उद्योगपति देवि बहादुर राईले उद्योग बाणिज्य संघका लागि आफ्नो नाममा रहेको करीब १० धुर जग्गा भवन निर्माणको लागि दिने घोषणा समेत गर्नु भएको थियो ।

15301163_1068689539910386_818181894_nलम्कीचुहा ब्यावस्थीत बजारको निमार्ण , ब्यापार , कृर्षि र पर्यटन हाम्रो पहिचान भन्ने मुल नाराका साथ लम्कीचुहा उद्योगबाणिज्य संघको आयोजनामा यहि मंशिर १० गते देखि शुरु भएको महोत्सवको आज १० औं दिन मंशिर १९ गते आईतबारका दिन नेकपा माओबादी केन्द्र प्रदेश नम्बर ७ का संयोजक समेत रहनु भएका पुर्ब बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले एक कार्यक्रमका विच समापन गर्नु भएको थियो ।

15281805_1068689249910415_1779908751_nउद्योग बाणिज्य संघका उपाध्यक्ष दल बहादुर बिष्टको स्वागत मन्तब्य संगै शुरु भएको समापन कार्यक्रममा उद्योगपति देविबहादुर राई, नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष लालबहादुर सोडारी, नेकपा एमकालेका जिल्ला उपाध्यक्ष रतन बहादुर थापा, पुर्ब बलिया गाविस अध्यक्ष बखत बहादुर विष्ट, नेपाली काग्रेसका नगर सभापति रामबहादुर बिष्ट, नेकपा माओबादी केन्द्रका नगर प्रतिनिधि लाल बहादुर कुमाल, राप्रपाका नगर अध्यक्ष अविलाल चौलागाई, जनमोर्चाका क्षेत्रीय अध्यक्ष मिलन शाही, नेकपा माओबादीका नरेन्द्र विक, लम्कीबहुमुखि क्याम्पसका अध्यक्ष देवानन्द जैशी लगायतकाले बोल्नु भएको थियो ।

साथै आज देशकै चर्चित हास्य व्यङग्य कलाकार कमल गाउले चर्चित लोकदोहरी गायिका तथा उदघोशिका शितल शमाले दर्शकलाई हसाउनका साथ साथै नचाएका थिए । भने कार्यक्रमको सञचालन सचिव उमेश तिमिल्सेनाले गर्नुभएको थियो ।