१२ बुँदे सहमति गर्दै २२ औँ दिनदेखि अनसनरत डा केसीले अनसन तोडे

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर १९,

marsang-tamang-govinda-kcसरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति भएको छ र, केसीले २२ दिनदेखि लामो अनसन तोडेका छन् । भूकम्पमा परेका अढार्इ बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले अनसन तोडेका हुन् ।

शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा शनिबारदेखि केसीको अनसन तोडाउन कसरत गरेका थिए। दुवैतर्फका वार्ता टोलीले हिजो तयार गरेको १२ बुँदे सहमतिको मस्यौदामा डा केसीले आज हस्ताक्षर गरेर अनसन तोड्न सहमत भएका हुन्।

डा. केसीको माग अनुसार डिन केपी सिंहले राजीनामा दिएका छन् भने जेपी अग्रवाल डिन नियुक्त भइसकेको छन् । सहमति अनुसार अब चिकित्सा एेन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याउन पाउने छैनन् ।

त्रिवि उपकुलपतिको बर्खास्तिको मागबारे अध्ययन गरी सुझाव दिन केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।

एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिर एमबीबीएस अध्ययन शुल्क ४२ लाख हुनेछ ।