गायक धिरज धुतराजको एकल एल्वम ‘माई सोल’ सार्वजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – मङ्सिर १९ 

dhiraj_dhutraj_my_soul-1 गायक धिरज धुतराजको एकल एल्वम ‘माई सोल’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा एल्वमलाई वरिष्ठ नृत्य निर्देशक तथा साहित्यकार भैरबबहादुर थापाले विमोचन गरे । १३ वर्ष अघि देखि रेकर्ड भएका गीतहरु समावेश गरिएको एल्वममा ६ वटा गीत समावेश गरिएका छन् ।

एल्वममा महाराजा थापाको शब्दमा ‘बोल–बोल’, शुरेशकुमार क्षेत्रीको तिम्रो त्यो साथ र स्व. विशाल राईले लेखेका आमा कसरी भनु, हर दिन हर रात, देखे तिमीलाई र भुलेर बोलका गीत समावेश छन् । भुलेर बोलको गीतमा संगीत अशोक थापाको रहेको छ भने बाँकी सबै गीतमा महाराजा थापाले संगीत भरेका छन् ।
तिम्रो त्यो साथ वोलको गीतमा धिरजलाई सवनम गुरुङले साथ दिएकी छन् । कार्यक्रममा सत्यराज आचार्य, स्वरुप राज आचार्य, संगीतकार राजु सिंह, शुरेश अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा नृत्य निर्देशक थापालाई सम्मान गरिएको थियो ।