संखुवासभामा अस्पताल ५० शैयाको बनाउछु, अब नेताहरुलाई ५ लाख भन्दा बढि उपचार खर्च उपलब्ध हुदैन – स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमान्डौ – मङ्सिर १८

taraman-gurung-indra-jijibisha-696x370मकालु २ शंखुवासभा जिल्लामा जन्मिएका वर्तमान स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ नेपाली कांग्रेस पार्टीको केन्द्रिय सदस्य हुन् । बिक्रम सम्बत २०१३ सालको निर्वाचनमा संखुवासभा जिल्लाको क्षेत्र नम्बर १ बाट चुनाव जितेका राज्यमन्त्री तारामान गुरुङ विद्यार्थी काल देखि नै,सक्रिय रुपमा राजनीतिमा लागेका थिए । जिल्ला सदस्य,सचिव हुदै जिल्ला अध्यक्ष सम्म भएका छन् तारामण गुरुङ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य राज्य मंत्री बन्नु भएका तारामान गुरुङ संग केकेछ डटकमको लागि ईन्द्र जिजीविषाले गरेको कुराकानी ।

स्वास्थ्य राज्य मंत्री जस्तो गरिमामय पदमा आउनु भएको छ । अब तपाइँको काँधमा धेरै जिम्मेवारी थपिएका छन् । तत्काल तपाइँ के-के गर्दै हुनुहुन्छ ?
अहिले त म भर्खरै राज्यमन्त्री पदमा आएको छु । मलाई मेरो पार्टी नेतृत्वले उच्च मुल्यांकन गरेर यो जिम्मेवारी दिएको छ । यो मेरो माग र रहर हैन । संखुवा सभा जिल्ला लगायत पुरै देशको माग हो । अहिले चाहि भर्खरै पद सम्हालेकोले भेटघाटहरु भईरहेको छ । पहिला पनि भेटघाट त हुन्थ्यो नै तर पहिलाको र अहिलेको भेटघाटमा फरक छ । साथीहरु संग राय, सुझाव, सल्लाह लिने कामहरु भईरहेको छ । शपथ ग्रहण लिएर मन्त्रालय आएपछि,यहाँ भईरहेका काम काजका विषयहरुमा मन्त्रीज्यू,सचिव,डाइरेक्टरहरुले जानकारी गराउनु भयो । अनि, नेता,कार्यकर्ता,कर्मचारीहरु संग राय सुझाव,सल्लाह,जानकारी लिने कामहरु भईरहेको छ । अब शोमबार देखि कार्यालयको काम-काजलाई तिब्र रुपमा अगाडि बढाउने छु ।

स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा पनि,नातावाद,कृपावाद,घुसखोरी र भ्रष्टाचार व्यापक छ भन्ने सुनिन्छ । यसलाई नियन्त्रण गर्न सक्नु हुन्छ त ?
प्रयास गर्ने हो । मैले अस्ति मन्त्रालयको स्वागत कार्यक्रममा सबै साथीहरुलाई यो विषयमा भनि सकेको छु । यहाँ नातावाद,कृपावाद,लोभ लाल्चिको कुरो चल्दैन भनेको छु र त्यसलाई म कार्यन्वयन पनि गराएरै छाड्छु ।

गरिब जनताले,सर्वशुलभ तरिकाले, सिटामोल खान नपाईरहेको अवस्थामा,राष्ट्रका विशिष्ट ब्याक्तीहरु युरोप अमेरीका उपचारको लागि जाने गर्छन् । कोहि सिटामोल खान नपाउने यहाँ, कोहि युरोप अमेरीका उपचारमा जाने, आखिर नेपाली-नेपाली बिचमा किन विभेद ?
तपाइँले उठाउनु भएको प्रश्नले मलाई छोयो । मेरो चित्त बुझ्यो । यसको काम कारवाहीमा म अगाडि बढ्ने छु । र त्यसलाई कार्यान्वयन पनि गर्नेछु ।

तपाइकै पार्टिको नेत्री सुजाता कोईरालालाई सरकारले ५० लाख उपचार खर्च दिने निर्णयको जनताहरु बाट बिरोध भएको थियो नि । यसमा तपाइँको धाराणा चाहिं के छ त ?
यसलाई एककिसिमले हेर्दाखेरी,ईतिहासको काल खण्ड हेर्दाखेरी,स्कुल क्याम्पस पढ्दा,कापी कलम किन्न पनि समस्या थियो भन्ने आएको छ । त्यो हिसाबमा, उहाँ पनि नेतै हो । दुख गरेर याहाँ सम्म आउनु भएको भन्ने हो भने,ठिकै हो । तर,हाम्रो स्वास्थ्य मंत्री ज्युले हामीले कुनै पनि,नेताहरुलाई ५ लाख भन्दा बढि,खर्च सिफारीस नगर्ने भन्ने निर्णय गरीसक्नु भएको छ । मंत्री ज्युको निर्णयलाई मैले उछिन्नु मिल्दैन ।

विकट जिल्लाहरुमा डाक्टरहरु जादै जान्नन्, गए पनि धेरै टिक्दैनन् । यस्तो अवस्थामा तपाइँ के गर्न सक्नु हुन्छ त अब ?
यो कुरो चाहि यस्तो छ । मेरो आफ्नै जिल्लामा पनि,राम्रा डाक्टरहरु त जानै मान्दैनन् । अब डाक्टरहरुले पाउने सुविधाहरु बढाएर,पठाउनु पर्छ । जस्तै दुर्गम ठाउँमा काम गरेर ६ महिना बर्ष दिन क्रस गरेपछि,उहाँहरुको कति नम्बर थपिने ? २ बर्ष दुर्गम जिल्लामा काम गरेपछि,बढुवाको लागि कति नम्बर थप्ने ? भन्ने निर्णय गराएर नेपालको भुगोल अनुसार,रिमोट एरिया आफै जान चाहने वातावरण र नीति नियम बनाउने छौं ।

संखुवासभा जिल्लाबाट जो आशा र भरोसा लिएर त्यँहाका जनताहरुले,तपाइँलाई चुनावमा जिताएर पठाएका छन् । अब त्यँहाका जनताहरुका लागि, त्यँहाका विकासका लागि के-के कार्ययोजनाहरु ल्याउदै हुनुहुन्छ त ?
संखुवासभा जिल्ला अस्पताल १५ शैयाको मात्रै छ । त्यो १५ शैयाकोलाई बढाएर, ५० शैयाको बनाउने छु ।

कहिले सम्म यो ५० शैयाको बन्छ त ?
अब यो निर्णय गरेपछि,सुरु भईहाल्छ । अब अर्थ वजेटको व्यावस्था गर्ने, भवन निर्माण गर्ने, अनि चैनपुर अस्पताललाई पनि सदरमुकामकै हाराहरीको अस्पताल बनाउने । रिमोट एरिया तान्पुमा अस्पतालको व्यवस्था गर्ने । त्यँहाका भूगोलको विविधताले गर्दा,एउटा गाबिस बाट अर्को गाविसमा पुग्न, ३ दिन लाग्छ ।त्यँहा भिर-पाखा छ । जंगलमा बाघ भालु लाग्छ । त्यो सबै संग जोगिदै गएर जनताहरुलाई औषधी वितरण गर्नुपर्छ । अब अहिले वस्तीबाट स्वास्थ्य चौकी पुग्नलाई ३ दिन सम्म लाग्छ । त्यस्ता ठाउँहरुमा उप-स्वास्थ्य चौकीको उपशाखाको व्यवस्था गरेर, अहेब, नर्स, अनमी मध्य कुनै एउटा राखेर त्यो ठाउँमा औषधी पुराउने वातावरण बनाउछु र त्यो गरेरै छाड्छु ।

त्यति मात्रै गर्नु हुन्छ ? जनताले त अझ धेरै आशा गरेका होलान् नि त ?
अहिले कतिपय जनताले,सिटामोल भन्न सम्म नजानेको अवस्था छ । त्यहाँको झारपात माडेर औषधीको रुपमा प्रयोग गर्ने गर्छन् । म त्यहीं, त्यस्तै वातावरणमा हुर्केर अहिले याहाँ आईपुगेको हुँ । म कुनै सुविधा सम्पन्न ठाउँबाट हुर्केर आएको हैन । त्यसकारण त्यँहाको समस्या भनेको मेरो समस्या हो । अहिले म यहाँ हुदा यहाँको सुविधा पाउँला तर भोलि यहाँ छाडेपछि फर्केर जाने त त्यहीँ ठाउँ हो । त्यहीँ ठाउँमा गएर बादर खेद्नु पर्छ । त्यहीँ ठाउँमा गएर खोरिया फाडेर खेती गर्नु पर्छ । मलाई पनि त्यो ठाउँमा भोलिका दिनमा सिटामोल चाहिन्छ । त्यसैले सबैको पहुँचमा अस्पताल औषधीको व्यावस्था गर्दै छु ।

यही स्वस्थ्यको विषयमा डाक्टर गोबिन्द केसी त अनशन बसेको बसेकै गर्छन् त । तपाइँको बिचारमा यो जायज छ कि छैन ?
उहाँको माग जायज लाग्छ । अहिले दुईजना सचिवको नेतृत्वमा वार्ताटोली गठन भएको छ । हिजो नै त्यो टुङ्गिने भन्ने थियो । यसमा मंत्री ज्युले कोशिस गरीरहनु भएको छ । सायद आज भोलिनै यो टुङ्गिने छ । टुङ्ग्याउनु पनि पर्छ । मूलुकमा भएको विकृति र विसंगतीको विरुद्धमा आउनु भएको हुदा, सबै कुराहरु राम्रा भन्नु पनि मिल्दैन, र सबै नराम्रा भन्न पनी मिल्दैन । बिचमा गएर मिलाउनु र मिल्नु पर्छ ।

क्लसर्टरको आधारमा राज्यको सिमांकन गरीनुपर्छ भन्ने,आदिवासी जनजातीहरुको माग छ । यो विषयमा तपाइँको ब्याक्तीगत धाराणा चाहीं के छ ? पार्टी भन्दा एक स्टेप माथि उठेर भन्नुहोस त ।
मेरो ब्याग्तीगत र पार्टीको धाराणा एउटै हो ।

त्यो धाराणा चाहीं के हो त ?
भूगोलको एउटा आधार हुन्छ । हिमाल,पहाड,तराई त्यो भूगोलको एउटा आधार हो । त्यो भूगोल कस्तो हुन्छ भने,म चाहीं सबै जातजातीहरु भएको ठाउँबाट आएको हुँ । नेपालमा भएका सबै जातजातीहरु छन् मेरो जिल्लामा । त्यो भित्र पनि,गुरुङ्गहरु छरिएर बसेकाछन् । तामाङ्गहरु छरिएर बसेकाछन् । क्षेत्री-बाहुनहरू छरिएर बसेकाछन् । कुनै झ्याप झ्याप्ती वस्तीहरु छ । खाम्वुहरुको कुनै एउटा टोल छ । चाम्लिंगहरु कुनै एउटा वस्तीमाछन् । याम्फु, कुलुङ्ग, दलितहरु पनि छरिएर बसेकाछन् । यसर्थ, कुल,कुटुम्ब, ईष्ट-मित्रहरु रहेको एरिया मिलाएर,बनाईयो भने विवादै हुदैन । म संसारकै पाँचौ अग्लो मकालु हिमालको काखमा हुर्केको मान्छे हुँ । मकालु हिमाल मेरै वडाको पांच नम्बरमा पर्छ भने म दुई नम्बरमा बस्छु । त्यँहाको जनताको नाताले मेरो चाहना के छ भने, मैले रोजरको ठाउँमा म बस्नु पाउनु पर्छ । मैले रोजेको ठाउँमा मैले जानु पाउनु पर्छ । भोलि यो मेरो पद खुस्केपछि,म जाने ठाउँ त्यहि नै हो । आदिवासी जनजातीहरुको माग, मधेसीहरुको माग म नराम्रो ठान्दिन ।

उसो भए, कलस्टरकै आधारमा राज्यको सिमांकन हुनु पर्छ त ?
मैले माथि नै भनिसकेको छु, दाजुभाई इष्ट-मित्र,कुटुम्बलाई मिलाएर राज्यको सिमांकन , स्थानिय तहमा गाउँ पालिका र नगरपालिका हुदा राम्रो हो । भोलि अंशबण्डा गर्दा, काका १ नम्बर प्रदेशमा भतिज २ नम्बर प्रदेशमा, त्यहीँ तल्लो गह्रा माथिल्लो गह्रामा पर्यो भने, राम्रो नदेखिएला । त्यसैले सिमांकनका कुराहरु ठुला-ठुला खोला नाला,हिमाललाई आधार मानेर,सिमांकन गरियो भने राम्रो हुन्छ ।

संविधान संसोधनको तयारी चलिरहेको छ ।नेकपा एमाले पार्टी चाहीं सडक पनि तताउदै छन् । मधेसी मोर्चा पनि, आफ्नो माग जसरी पनि पुरा गराएरै छाड्ने पक्षमा छन् । अब कुन बिन्दुमा गएर, कहिले सहमती होला त ?
नेकपा एमाले चाही यो मिलेन, त्यो मिलेन भन्दै हल्ला गर्नु, आन्दोलन गर्नु तिर लाग्नु भएको छ । उहाँहरु अहिलेको स्थितिमा दोस्रो ठुलो जिम्मेवार पार्टी हो । उहाँहरु कसरी त्यो होहल्ला तिर लाग्नु भयो ? प्रतिपक्ष भनेको बिरोध गर्नु मात्र हैन। हल्ला र आन्दोलनले समस्याको समाधान हुदैन । उहाँहरु नेतृत्वमा रहदा हामीले के गर्यौ ? उहाँहरुले समस्या समाधानको लागि के गर्नु भयो ? उस्तै त हो सबैको । यो संविधानमा के-के चाहि आयो ? के-के आउन बाँकी छ ? त्यो आउन बाँकी रहेकालाई चाहीं संविधानमा संसोधन गरेर ल्याउने हो । अहिले संविधान संसोधनको जे जति प्रस्ताबहरु आएका छन्, त्यो सबै संविधानमा व्यवस्था भए अनुसार नै हो । अहिले नेताहरु बसेर, सबै संग सहमतीको लागि प्रयास गरीरहेका छन् । सहमती भएपछी,संविधान संसोधन हुन्छ । संविधान संसोधन गरेर निर्वाचनमा जानु पर्छ । संविधान विवादमै रह्यो भने,संविधान कार्यन्वयन हुन सक्दैन । संविधान कार्यन्वयन भएन भने, मुलुक संकटमा पर्छ । अब पहिले स्थानिय निर्वाचनमा जानु पर्छ ।

पहिले केपी ओली प्रधानमन्त्री हुदा,५६५ गाउँ पालिकाको संरचना निकाल्नु भएको थियो । त्यो चाही हामीलाई वैज्ञानीक नभएको लागेर,हाम्रो पार्टी सभापती ज्युले,कुरा उठाउनु भयो,हिमालमा भूगोलको आधारमा,पहाडमा भुगोल र जनशंख्याको आधारमा,तराइमा जनशंख्याको आधारमा भन्ने विकल्प दियौ । र अर्को विकल्प के दियौ भने,२०४९ सालमा बनेको,ईलाका संरचना अनुसार जाने, त्यो पनि नहुदा,पुरानै,नगरपालिका र गाबिसमा निर्वाचन गराई दिने, त्यसपछि,त्यहींको जनप्रतिनिधिहरु मिलेर,संरचना बनाउछन् । त्यसैले यो संविधान संसोधन गर्नै पर्छ । संविधान संसोधन गरेर स्थानिय निर्वाचनमा जानु पर्छ ।