सामाजिक रुपान्तरणमा नेपाल एफएमको महत्वपूर्ण भूमिका

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमान्डौ – मङ्सिर १८

12308577_796411820504743_7383512488598461998_nसंझना पौडेल / रेडियो आवाज विहीनहरुको आवाज हो । नेपालको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेलेका ब्यवसायिक रेडियो नेपाल एफएम नेटवर्कले दिगो शान्ति कायम गर्न प्रभावकारी भुमिका निवार्ह गर्दै आएको छ । स्थानीय भाषा, परम्परा र संस्कृतीको उठानमा सहयोग गर्दै सञ्चार क्षेत्रको विकास र प्रर्वद्धन गर्नुे आफ्नो दायित्व ठान्दै रेडियोले नियमित प्रशारण सेवा स्वस्च्छ र निस्पक्ष बनाउदैं आएको छ । आज मंसीर १८ गते, नेपाल एफएम ढज्ञ।ड नियमित प्रसारणमा आएको १२ बर्ष पूरा भएको छ । २०६१ साल मङ्सिर १८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी नियमित प्रसारणमा आएको नेपाल एफएम, जनआन्दोलन २०६२÷०६३ को एक प्रमुख हिस्सेदार सञ्चारमाध्यमको रुपमा स्थापित भएको छ ।२०६१ साल माघ १९ गतेको शाहि कदमको चपेटामा परेका नेपालका सवै स्वतन्त्र रेडियोहरुलाई मुक्त गर्ने अभियानमा नेपाल एफएमको प्रमुख भूमिका रह्यो ।शाही सरकारले स्वतन्त्र रेडियोहरुमा समाचार प्रसारणमा प्रतिवन्ध लगाएको बेला त्यसलाई उलंघन गर्दै नेपाल एफएमले २०६२ असार २३ गते विहान ८ बजेदेखि राजधानी खबरको नाममा समाचार प्रसारण शुरु गरेको थियो ।यसबाट आक्रोशित शाही सरकारले त्यसको २६ दिनपछि साउन २४ गते नेपाल एफएमको प्रसारण इजाजत रद्ध गरिदिएको थियो –मधेश जन आवाज एफएम रौतहटका अध्यक्ष प्रल्हाद शाह ।
समाज परिर्वतनका लागी महत्वपूर्ण भुमिका खेल्दै आएको एफएमले विकासका लागी रेडियोमा कार्यरत संचारकर्मीको क्षमता विकास गर्दै  लगेको कुरामा कुनै दुइमत छैन ।  सुचनामा नागरिकको चासो वढ्ेसंगैं समाचार, अन्र्तवार्ता र कार्यक्रममा नागरिकका आवाज लाई बुलन्द पार्ने कार्यमा यस एफएमले शशक्त भुमिका वहन गरेको पाइन्छ । त्यसोत सरकारी तथा निजी सञ्चार क्षेत्र दुवै मिलेर अघि बढे सञ्चारक्षेत्रको पनि उल्लेखनिय प्रगति हुने  देखिन्छ । –पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट ।
सूचना ,समाचार, मनोरञ्जनका कार्यक्रमका अतिरिक्त रेडियोहरुले शिक्षा ,स्वास्थ्य , अर्थ, कृषि , मानवअधिकार ,पूर्वाधार विकास ,सुशासन, कानुन ,राजनीति ,खेलकुद, कला र संस्कृति, बन, वातावरण, विज्ञान, अपाङ्ग, पिछडावर्ग , सहकारी लगायतका विभिन्न विषयमा कार्यक्रम उत्पादन र प्रसारण गरिरहेका छन् । यस्ता कार्यक्रमहरुले नागरिकको सचेतना बृद्दि ,सामाजिक जागरण ,सुशासन र बिकासमा सहयोग पुर्याउँदै आएको छ ।  –फेरी पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट ।गरिव, बिपन्न र विभिन्न अवसरबाट वञ्चित समुदायको लागि वढी प्रभावकारी मानिएको रेडियोले विकासमा जनसहभागिता वढाएको छ । स्थानीय श्रोत साधनको पहिचान र प्रयोग वढाएको छ । सार्वजनीक सेवा प्रति नागरिकको चासो वढाएको छ । त्यसैले पनि विकास र सुसासनमा एफएमले महत्वपुर्ण  भूमिका खेलेको देखिन्छ ।  यसले उत्पादन गरी प्रसारण गरेका कार्यक्रमहरुमा चेतनामुलक विषयबस्तुलाई सरल ढंगले प्रस्तुत गरिएको र ती कार्यक्रमहरु जनस्तरमा समेत प्रभावकारी रहेको  छ । –
रेडियो कर्णालि आवाज हुम्लाका स्टेशन म्यानेजर  नवराज महोतरा ।
–सुचना र समाचारको केन्द्रीकृत मान्यता चिर्दे स्थानीय विकास,शुसाशन र पारदर्शिताको क्षेत्रमा स्थानीय यस नेटवर्कले काम गर्दे  आएको छ । कार्यक्रमलाई गुणस्तरीय बनाई लक्षीत वर्गसम्म पु¥याउन नेपाल एफएमले सधै स्रोताका प्रत्यक्ष जिवनसँग जोडिएका सामाजिक विषयबस्तुलाई पा्रथमिकतामा राखेको छ ।  –सामुदायिक रेडियो बुद आवाज कपिलबस्तुका स्टेशन म्यानेजर भेषराज पाण्डे । रेडियोको संख्या बढेसँगै रेडियोहरुको गुणस्तरीयतामा ध्यान दिनुपर्ने जरुरी छ ।समाज र गाउँमा फैलिएको उत्तेजनात्मक घटनाहरुलाई नियन्त्रण गर्न पनि रेडियोले ध्यान दिनुपर्ने पर्दछ  । गाउँ–गाउँमा पुगेको रेडियोले चेतनाको विकास गराएको छ ।  यधपि रेडियोले लोकतन्त्रको संस्थागत विकास, मानवअधिकारको संरक्षण, प्रवद्र्धन, सामाजिक रुपान्तरण गर्न विश्वमै महत्वपूर्ण भूमिका  खेल्न सक्नु पर्दछ ।
 समाप्त