सामुहिक ५ सय १५ थान नागरिकता परित्याग,गाउँपालिका छुट्टै नभए ज्यान दिने तयारी

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर-१६,

20161130_122822-768x576काडाँ गाबिसलाई छुट्टै गाउँपालिको  माग राख्दै चार महिनादेखि आन्दोलनमा रहेका काडाँ गाबिसका बासिन्दाले स्थानिय बिकास अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालयमा ज्ञाप्न पत्र सहित नागरिकता फिर्ता बुझाएका छन् । काँडा गाबिस देशको सबैभन्दा ठुलो गाबिस भएको र भौगोलिक बिकटता समेत रहेकाले काँडा गाबिस छुट्टै गाउँपालिका हुनुपर्ने माग राख्दै चार महिनादेखि आन्दोलनमा रहेका स्थानियले नाराबाजी र धर्नाका बिच स्थानिय बिकास अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालयमा आफुले पाएको नेपाली नागरिकता फिर्ता बुझाएका हुन् । ‘सरकारले हामीलाई केहि दिएको छैन, दिएको यहि नेपाली नागरिकताको प्रमाण पत्र मात्र हो ।

देशकै सबैभन्दा ठुलो काडाँ गाबिस हो, यसलाई छुट्टै गाउँपालिका बनाई देउ भनेर आन्दोलन गर्ने थालेको चार महिना भयो, सुनुवाई नभएपछि  सरकारले दिएको नागरिकता सामुहिक रुपमा परित्याग गरि पहिलो चरणमा ५ सय १५ थान नागरिकता स्थानिय अधिकारी मार्फत प्रशासनलाई बुझाएका हौं’, काडाँ गाबिसका पुर्व गाबिस अध्यक्ष रण बहादुर बोहराले भने । काँडा गाबिसका वासिन्दाकालाई सरकारले जंगली मान्छे र बाँदर सम्झेको र सबै अधिकारबाट बंञ्चित गरेको र दुई दिनभित्र माग पुरा नगरे सिमा प्रहरी चौकि  धुली पनि गाउँबाट हटाउने  र गाबिस भरिका सबै जनाका नेपाली नागरिकताका प्रमाण पत्र परित्याग गरि प्रशासनलाई बुझाउने बोहराले चेतावनी दिए । ‘हामीलाई छुट्टै गाउँपालिका चाहिएको छ ।

हाम्रो चालचलन, रितीरिवाज र बोली भाषा पनि कसैसँग मिल्दैन । भौगोलीक बनोट पनि धेरै ठुलो र बिकट छ । छिमेकी गाबिससँंग मिलाउँदा  हामी अधिकारबिहिन हुने र हामीमाथि उनीहरुले रजाई गर्ने भएकाले छुट्टै गाउँपालिकाको माग रोखका हौं’, काडाँ ७ धुलीकी डोल्मा तामाङ्गले बताईन् । उनले आफुहरुलाई भोटे जाती भनेर राज्यले पनि हेपेको बताईन् । उनले थपिन्, ‘भोलीदेखि कडा आन्दोलन सुरु गरिन्छ । हामी दश जना जान दिन तयार छु काडाँ छुट्टै गाउँपालीका हुनै पर्छ ।’ गाउँ पुरै खाली गरिदै छ । बिद्यालय पनि अनिश्चित समयका लागी बन्द हुदैछन् । यो बर्ष माग पुरा नहुन्जेसम्म गाउँ परिषददेखि कुनै पनि काम गर्ने नदिने यदी सचिबले गाउँ प्रबेश गरे गाउँ गोठमा बाँधेर राख्ने निर्णय गाउलेले सामुहिक गरेको उज्जे बोहराले बताए । उनले राजनैतिक दल, गाउँपालिका र नगरपालिका बिभाजन गरि पठाउने प्राबिधिक टोली र सभासद्लाई पनि लिखित, मोखिक माग राखे पनि कसैले सुनुवाई नगरेकाले अब प्रशासन र जिल्ला बिकास समितिको कार्यालय अगाडि पाल टाँगेर बस्ने योजना रहेको बताए । काँडा गाबिसका बासिन्दाले गरेको आन्दोनल र दवावमा  जिल्ला बिकास समितिमा ४ घण्टा पुरै काम काज ठप्प भएको छ भने जिल्ला प्रशासन कार्यालमा १५ मिनेट सम्म सेवाग्राही  सेवा लिनबाट बञ्चित भए । आन्दोलनमा रहेका काँडाबासिले जिल्ला बिकास समितिको कार्यालयमा शान्ति सुरक्षाको लागी तैनाथ भएका प्रहरीमाथि पानीका बोतल र ढुङ्गा समेत प्रहार गर्दा प्रहरी सामान्य घाईते भएका छन् भने प्रहरीको प्रतिकारमा काँडाबासी पनि सामान्य घाईते भएका छन् । काडावासीले जस्तैसुकै माग राखे पनि गाबिसलाई जिल्लाबाट छुट्टै गाउँपालिका दिन नसक्ने स्थानिय बिकास अधिकारी प्रमोद सिंखडा बताए । उनले जिल्लाबाट पहिलो पटक ८, दोस्रो पटक ९ र तेस्रो पटक ११ र १२ गरेर पत्र पठाएको बताए ।