हिन्दुराष्ट्रको मुद्धा फेरी उठाए खड्काले

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-प्रकाश धिताल-मङ्सिर १५,

indian_rupee-1हिन्दुराष्ट्रको वकालत गर्दै आएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले आज पार्टी निकटस्थ र शुभेच्छुकहरुको भेला बोलाएका छन् । खड्का नेतृत्वको ‘सनातन हिन्दूराष्ट्रका लागि महाअभियान’ले काठमाडौंमा पार्टी निकटस्थ र शुभेच्छुकहरूको भेला बोलाएको हो। भेलामा कांग्रेस महासमिति सदस्य हरिबोल भट्टराईको नेतृत्वमा रहेको हिन्दूराष्ट्रका लागि नागरिक संघर्ष समितमा आबद्ध शुभेच्छुकहरु पनि सहभागी हुनेछन् ।

हिन्दू राष्ट्रकै मुद्दामा राप्रपा नेपाल र राप्रपाको एकीकरण भएको छ भने विश्व हिन्दू महासंघको नेतृत्व पुनर्गठन भएको छ। त्यस्तै  केशरबहादुर विष्ट, बालकृष्ण न्यौपाने लगायतको नेतृत्वले गरेको समूह पनि हिन्दू राष्ट्रका लागि सक्रिय भएको छ ।आजका लागी बोलाइएको भेलाले हिन्दूराष्ट्र, गणतन्त्र, संघीयतालगायतबारे धारणा तय गर्ने छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पनि नेता खड्काको हिन्दूराष्ट्र अभियानको मुद्दामा समर्थन गर्ने खड्कानिकट नेताहरूको दाबी छ । उनले बोलाएको भेलामा वनमन्त्री शंकर भण्डारी, कांग्रेस नेताहरू तारानाथ रानाभाट, लक्ष्मण घिमिरे लगायत पनि सहभागी हुने जनकारी प्राप्त भएको छ ।