राम्रो कानुनी राज्य भएको देशहरुको सुचिमा, नेपाल दक्षिण एशियामा पहिलो मुलुक

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर १५,

राम्रो कानुनी राज्य भएको देशहरुको सुचिमा नेपाल दक्षिण एशियामा पहिलो मुलुक बनेको छ । वर्ल्ड जस्टिस प्रोजेक्टले केहिदिन अघि सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६को  सुचिमा दक्षिण एशिया अन्य देसलाई पछि पर्दै पहिलो स्थानमा उक्लिएको छ ।

संसारकै ११३ देस समाबेस उक्त सुचिमा नेपाल ६३ औं स्थानमा पुगेको छ । दक्षिण एशियामा भारत ६६ औँ र श्रीलंका ६८ औँ , बंगलादेश १०३, पाकिस्तान १०६, अफगानिस्तान १११ औँ स्थानमा रहेको छ ।रुल अफ ल इन्डेक्स २०१६को  सुचिमा  डेनमार्क,नर्बे,फिनल्याण्ड  क्रमसः पहिलो ,दोश्रो र तेश्रोमा रहेका छन् ।